डा.ललितको ’तिमी र म’ म्युजिक भिडियो सार्वजनिक

 

प्राध्यापक डाक्टर सुवास प्रसाद आचार्य र केकी अधिकारी अभिनय रहेको डा. ललितकुमार राजवंशीको नयाँ गित ’तिमी र म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डा राजवंशीको शब्द संगित रहेको ’तिमी र म’ बोलको गीतको गायक पनि डा राजवंशी आफैं रहेका छन् । म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यको जिवन्त अभिनय देख्न सकिन्छ । डा आचार्यलाई अभिनेत्री केकी अधिकारीले साथ दिएकी छन् ।

गीतका लेखक तथा गायक डा राजवंशी विराट मेडिकल कलेजको आइसीयू विभागका प्रमुख हुनुहुन्छ । डा आचार्यको यो छैटौं म्युजिक भिडियो हो । यसअघि पनि  प्रा डा आचर्यले ’यो मन दिएँ’  गितको म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ ।।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*