19.1 C
Kathmandu
Friday, April 26, 2024

आम निर्वाचन २०७९ को निर्वाचन परिणाम

 २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आएको छ। प्रत्यक्षतर्फको मतपरिणाम केही दिनअघि आइसकेको थियो। निर्वाचन आयोगले देशैभरबाट समानुपातिकमा दलहरूलाई आएको मतअनुसार सिट निर्धारण गरिदिएको छ।

प्रतिनिधिसभा समानुपातिकतर्फ कुल खसेको सदर मत १ करोड ५ लाख ६० हजार ८२ मध्ये ७ वटा दलले मात्र ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन्। यी सात दल मात्र राष्ट्रिय पार्टी बनेका छन्।

आयोगले मंगलबार राति सार्वजनिक गरेको अन्तिम परिणाममा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ। उसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ।

नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट ल्याएर दोस्रो दल बनेको छ।

प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको छ। नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिटसहित चौथो ठूलो दल बनेको छ। 

प्रत्यक्ष र समानुपातिकमा समान सात–सात सिट जितेको राप्रपा १४ सिटसहित पाँचौँ, प्रत्यक्षमा सात र समानुपातिकमा पाँच सिट पाएको जसपा १२ सिटसहित छैटौँ तथा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिकका सिट गुमाएको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट पाएको छ।

त्यस्तै जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ पाँच गरी ६, थ्रेसहोल्ड कटाउन नसकेका दलहरू लोसपाले प्रत्यक्षमा चार, नागरिक उन्मुक्ति पार्टीले तीन र राष्ट्रिय जनमोर्चाले १ तथा नेमकिपाले १ सिट जितेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका ५ जना प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। 

प्रतिनिधि सभामा कसलाई कति सिट?

प्रतिनिधि सभा निर्वाचन २०७९

दल

प्राप्त सिट

दल

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेपाली कांग्रेस

५७

३२

८९

नेकपा (एमाले)

४४

३४

७८

नेकपा (माओवादी केन्द्र)

१८

१४

३२

राष्ट्रिय स्वतन्त्र पार्टी

१३

२०

राष्ट्रिय प्रजातन्त्र पार्टी

१४

जनता समाजवादी पार्टी

१२

नेकपा (एकीकृत समाजवादी)

१०

१०

जनमत पार्टी

स्वतन्त्र

लोकतान्त्रिक समाजवादी पार्टी

नागरिक उन्मुक्ति पार्टी

नेपाल मजदुर किसान पार्टी

राष्ट्रिय जनमोर्चा

जम्मा

१६५

११०

२७५

प्रदेश सभामा कसैको बहुमत आएन

 

प्रदेश सभा निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याएनन्।

प्रतिनिधि सभासँगै प्रदेश सभाको पनि सबै नतिजा सार्वजनिक भएको छ। सातै प्रदेशमा गरी ३३० प्रत्यक्ष र २२० समानुपातिकसहित ५५० सिटको टुंगो लागेको छ।

प्रदेश सभातर्फ आयोगले निर्वाचनमा दलहरूले प्राप्त गरेको कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दललाई समानुपातिक सिट बाँडफाँटमा सहभागी गराएको छ। 

३३० क्षेत्रमध्ये १११ क्षेत्रमा जितेको नेपाली कांग्रेसले समानुपातिकबाट ६४ सिट पाएर १७५ सिटसहित समग्र प्रदेशमा पनि सबैभन्दा ठूलो दल बनेको छ। 

यस्तै प्रत्यक्षमा ९१ सिट जितेको नेकपा एमाले समानुपातिकमा ७० सिट जितेर कुल १६१ सिटसहित दोस्रो दल बनेको छ। यस्तै प्रत्यक्षमा ५३ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा २९ सिट थपेर कुल ८२ सिट पुर्‍याएको छ।

स्वतन्त्रसहित १५ दलले चुनाव जितेको प्रदेश सभामा राप्रपा चौथो ठूलो दल भएको छ। उसले प्रत्यक्षमा ११ र समानुपातिकमा १७ सिट जितेको छ।

यस्तै नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १५ र समानुपातिकमा ९ सिट जितेर २४ सांसद पुर्‍याएको छ। जनता समाजवादीले २० सिट जित्दा जनमत पार्टीले १६, लोसपाले १२, नागरिक उन्मुक्ति पार्टीले १२ सिट पाएका छन्।

प्रत्यक्षमा १ सहित नेपाल मजदुर किसान पार्टीले ३ सिट जित्दा लौरो अभियानको हाम्रो नेपाली पार्टीले २ सांसद पाएको छ।

यस्तै प्रदेश सभामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टी र जनमोर्चाले १-१ सांसद पाएका छन्।

प्रदेश १ मा ६ दललाई समानुपातिक सिट, एमाले पहिलो दल

९३ सिट रहेको प्रदेश नम्बर १ सभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेर पहिलो दल बनेको छ। यस्तै प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सिट जितेर कांग्रेस दोस्रो तथा प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट जितेर माओवादी तेस्रो दल बनेको छ। 

राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार गरी र ६ सिट जितेको चौथो दल बन्दा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा एकसहित चार सिट जितेको छ। प्रत्यक्षमा कुनै जित ननिकालेको जसपाले समानुपातिकमा एक सिट पाएको छ।

प्रदेश एक

दल

प्राप्त सिट

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेकपा (एमाले)

२५

१५

४०

नेपाली कांग्रेस

१७

१२

२९

नेकपा (माओवादी केन्द्र)

१३

राष्ट्रिय प्रजातन्त्र पार्टी

नेकपा (एकीकृत समाजवादी)

जनता समाजवादी पार्टी

जम्मा

५६

३७

९३.

 
मधेसमा १० दललाई समानुपातिक सिट, एमाले पहिलो 

१०७ सिट रहेको मधेस प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ। 

यस्तै प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ।

त्यस्तै, यसअघि मधेशमा पहिलो दल बनेको जसपा यसपालि तेस्रो दल बनेको छ। उसले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको छ।

प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित तेस्रो दल बन्दा लोसपाले प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौ दल भएको छ।

मधेसमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार–चार सिट जितेको छ भने एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट पाएको छ। 

प्रत्यक्षमा ६ सांसद स्वतन्त्र उम्मेदवारीबाट आएका छन्। राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक–एक सिट जितेका छन्। 

मधेश प्रदेश

दल

प्राप्त सिट

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेकपा (एमाले)

१५

२३

नेपाली कांग्रेस

१३

२२

जनता समाजवादी पार्टी

१६

जनमत पार्टी

१३

लोकतान्त्रिक समाजवादी पार्टी

नेकपा (माओवादी केन्द्र)

नेकपा (एकीकृत समाजवादी)

स्वतन्त्र

राष्ट्रिय प्रजातन्त्र पार्टी

नेपाल संघीय समाजवादी पार्टी

नागरिक उन्मुक्ति पार्टी

 

६४

४३

१०७.

बागमतीमा लौरो अभियानलाई २ सिट, कांग्रेस पहिलो 

१ सय १० सिट रहेको बागमती प्रदेश सभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिटसहित नेपाली कांग्रेस ठूलो दल बनेको छ। 

यस्तै प्रत्यक्षमा १३ र समानुपातिकमा १४ सिटसहित २७ सिट पाएको नेकपा एमाले दोस्रो ठूलो दल बनेको छ। प्रत्यक्षमा १४ र समानुपातिकमा सात गरी २१ सिटसहित माओवादी तेस्रो दल बन्दा प्रत्यक्षमा सात सिट जितेको राप्रपाले समानुपातिकमा ६ सिट थपेर चौथो ठूलो दल भएको छ।

एकीकृत समाजवादीले भने प्रत्यक्षमा पाँच र समानुपातिकमा दुई सिट जितेको छ। नेमकिपाले प्रत्यक्षमा एक र समानुपातिकमा दुई तथा हाम्रो नेपाली पार्टीले प्रत्यक्ष र समानुपातिकमा एक–एक सिट जितेका छन्। 

बागमती प्रदेश

दल

प्राप्त सिट

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेपाली कांग्रेस

२५

१२

३७

नेकपा (एमाले)

१३

१४

२७

नेकपा (माओवादी केन्द्र)

१४

२१

राष्ट्रिय प्रजातन्त्र पार्टी

१३

नेकपा (एकीकृत समाजवादी)

नेपाल मजदुर किसान पार्टी

हाम्रो नेपाली पार्टी

जम्मा

६६

४४

११०.

गण्डकीमा ७ दललाई समानुपातिक सिट, कांग्रेस पहिलो

६० सिट रहेको गण्डकी प्रदेश सभामा २७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ। प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ थप ९ सिट पाएको छ।

त्यस्तै प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकबाट सबैभन्दा बढी १० सिट जिते पनि २२ सिटसहित दोस्रो ठूलो दल बनेको छ। तेस्रो स्थान सुरक्षित गरेको माओवादीले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सिट जितेको छ। 

यस्तै समानुपातिकमा राप्रपाले २ सिट जित्दा प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

गण्डकी प्रदेश सभा

दल

प्राप्त सिट

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेपाली कांग्रेस

१८

२७

नेकपा (एमाले)

१२

१०

२२

नेकपा (माओवादी केन्द्र)

नेपाल समाजवादी पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

स्वतन्त्र

जम्मा

३६

२४

६०

लुम्बिनीमा १० दलले कटाए थ्रेस होल्ड, एमाले पहिलो 

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल बनेको छ। प्रत्यक्षमा १८ सिट जितेको एमालेले समानुपातिकमा ११ सिट थपेर २९ सिट पाएको छ।

यस्तै प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित २७ सिट जितेको नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। 

प्रत्यक्षमा पाँच सिट जितेको माओवादीले समानुपातिकमा थप चार सिट जितेको नौ सिटसहित तेस्रो दल बनेको छ। 

त्यस्तै नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा समान दुई–दुई सिट जितेका छन्। जसपा र लोसपाले प्रत्यक्षमा दुई र समानुपातिकमा समान एक-एक सिटसहित ३-३ सिट हात पारेका छन्।

यहाँ जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा १-१ गरी दुई सिट जितेको छ। राष्ट्रिय जनमोर्चाले समानुपातिकमा एक मात्र सिट पाउँदा प्रत्यक्षतर्फ तीन स्वतन्त्र निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेश सभा

दल

प्राप्त सिट

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेकपा (एमाले)

१८

११

२९

नेपाली कांग्रेस

१७

१०

२७

नेकपा (माओवादी केन्द्र)

नागरिक उन्मुक्ति पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

जनता समाजवादी पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी

जनमत पार्टी

स्वतन्त्र

नेकपा (एकीकृत समाजवादी)

राष्ट्रिय जनमोर्चा

जम्मा

५२

३५

८७

कर्णालीमा ६ दललाई समानुपातिकमा सिट, कांग्रेस पहिलो

४० सिट रहेको कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ। प्रत्यक्षमा ९ सिट जितेको कांग्रेसले समानुपातिकमा ५ सिट सहित कुल १४ सिट जितेको छ।

यस्तै प्रत्यक्षमा नौ र समानुपातिकमा चार गरेर १३ सिट जोडेको माओवादी दोस्रो दल बन्दा प्रत्यक्षमा पाँच र समानुपातिकमा पाँच गरेर १० सिटसहित एमाले तेस्रो दल बनेको छ। 

एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ एक–एक सिट प्राप्त गरेका छन्। प्रत्यक्षतर्फ एक सिट स्वतन्त्रले जितेका छन् । 

कर्णाली प्रदेश सभा

दल

प्राप्त सिट

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेपाली कांग्रेस

१४

नेकपा माओवादी केन्द्र

१३

नेकपा एमाले

१०

नेकपा (एकीकृत समाजवादी)

राष्ट्रिय प्रजातन्त्र पार्टी

स्वतन्त्र

जम्मा

२४

१६

४०

सुदूरपश्चिममा कांग्रेस पहिलो

५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस पहिलो दल बनेको छ। उसको प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट जितेको छ। 

यस्तै प्रत्यक्षमा आठ र समानुपातिकमा तीन सिटसहित ११ सिट पाएको माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ। त्यस्तै प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच गरेर आठ सिटसहित एमाले तेस्रो दल बनेको छ। 

प्रत्यक्षमा पाँच र समानुपातिकमा दुईसहित नागरिक उन्मुक्ति पार्टीले सात सिट जितेको छ। एकीकृत समाजवादीले प्रत्यक्षमा तीन र समानुपातिकमा एक सिट जितेको छ।

राप्रपाले समानुपातिकमा एक सिट जितेको छ। प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित भएका छन्। 

सुदूरपश्चिम प्रदेशसभा

दल

प्राप्त सिट

प्रत्यक्ष

समानुपातिक

जम्मा

नेपाली कांग्रेस

१२

१९

नेकपा माओवादी केन्द्र

११

नेकपा एमाले

१०

नागरिक उन्मुक्ति पार्टी

नेकपा एकीकृत समाजवादी

राष्ट्रिय प्रजातन्त्र पार्टी

स्वतन्त्र

जम्मा

३२

२१

५३

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९, ११:५८:००

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु