24.1 C
Kathmandu
Saturday, July 27, 2024

काठमाडौंको कपनस्थित एकता बस्तीमा कला बुटिक संचालनमा

काठमाडौं-काठमाडौंको कपनस्थित एकता बस्तीमा कला बुटिक संचालनमा आएको छ। तीन जना फेसड डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका हुन्।

बुटिकको मिस नेपाल वल्ड प्रियंका रानी जोशीले रिवन काटेर शुभारम्भ गर्नुभयो। त्यसक्रममा उहाँले फेसनप्रति नेपालीको बढ्दो रुचिलाई ध्यानमा राख्दै सबै उमेर समूहका मानिसका लागि रोजाई अनुसारका आकर्षक पोशाक एउटै थलोमा उपलब्ध हुनु सुखद भएको बताउनुभयो।

देबी तामाङ, वैशाली राणा र स्मिता राईले संयुक्तरूपमा बुटिक सञ्चालनमा ल्याएका हुन्। उहाँहरु तीनै जनाले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गर्नुभएको छ।

बुटिक सेन्टरमा महिला, पुरुष र बालबालिकाका लागि उत्कृष्ट डिजाइनका आकर्षक पोशाक उपलब्ध छन्। बुटिकमा विवाहमा दुलहा, दुलहीले पहिरिनेदेखि हरेक उमेर समूहका लागि मौसम अनुसारका पोशाक उपलब्ध रहेको सञ्चालक देवी तामाङले जानकारी दिनुभयो । तामाङले भन्नु भयो, ‘अन्य बुटिकमा सिमित पोशाक मात्र उपलब्ध छन् तर कला बुटिकमा सबै उमेर समूहका लागि निकै मेहनतसाथ तयार गरिएका पोशाक उपलब्ध छन्, यो नै हाम्रो विशेषता हो ।’

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु