17.1 C
Kathmandu
Thursday, May 9, 2024

दशैंका लागि टिकट बुकिङ्ग कहिले खुल्दै छ ? यस्तो छ तयारी

काठमाडौं । दसैं आउन १५ दिन मात्रै बाँकी  छ । यति वेला घर फर्कने टिकट बुकिङ्ग खुला भइसक्नु पर्ने हो तर दशै नजिकिदै जाँदा  पनि बस व्यवसायीले टिकट बुकिङ खोल्न चासो दिएका छैनन् । यता, आर्थिक मन्दीका कारण आन्तरिकतर्फका हवाई उडानको टिकट बुकिङमा पनि कमी आएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिकतर्फका उडानको टिकट ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेका छन् भने सस्तो टिकट सकिइसकेका छन् । तर विगतको भन्दा यो वर्षको टिकट बुकिङ कम हो । यो समयसम्म ८० प्रतिशत टिकट बुकिङ भइसक्नुपर्ने भए पनि आर्थिक मन्दी र टिकटमा लागेको भ्याटका कारण बुकिङमा उत्साह नदेखिएको संघका प्रवक्ता युवराज कँडेलको भनाइ छ ।

दसैँतिहारका बेला सबैभन्दा बढी यात्रु बोक्ने लामो दूरीका बसको भने अहिलेसम्म टिकट खुलेको छैन । यसका लागि सरकार र व्यवसायी दुवै पक्षले प्रयास गरेका छैनन् । स्वचालित भाडादर लागु हुनुपर्ने माग राख्दै आएका व्यवसायीले वर्षाका कारण बिग्रिएका सडक मर्मत नभएसम्म टिकट नखुलाउने बताएका छन् । असोज तेस्रो सातापछि मात्र बुकिङ्ग खुला गर्ने तयारी रहेको व्यवसायीहरुले जनाएका छन् ।

दसैं-तिहार मनाउन बर्सेनि १८ लाखदेखि २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु