काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पदकको आशा गरिएको पिस एलिट पब्जी खेलमा नेपाल सेमिफाइनलबाटै बहिरिएसँग पदक प्राप्त गर्ने संभावना समाप्त भएको छ । यो खेलबाट पदकको आश गरिएको थियो ।
हाङचउ ई-स्पोर्टस सेन्टरमा आज सम्पन्न सेमिफाइनलको समूह-एमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो ।
यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै फाइनल प्रवेश गरे । नेपाल समूहमा तेस्रो स्थान आसिल गर्दा जापान परछारा रहँदै बाहिरियो ।
नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउन्ड सकेको थियो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेइले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय खर्चियो । ई-स्पोर्ट्सको अर्को विधा डोटामा नेपालले आजै प्रतिस्पर्धा गर्दै छ ।
यस्तै महिला इन्डिभिजियोल ट्राइथलनमा पनि नेपालको चुनौती समाप्त भएको छ । २१ खेलाडी सम्मेलित ट्राइथलनमा नेपालीकी श्रेबी महराजन १७ औँ स्थानमा आइन् ।
महिला भलिबल टोलीले आज प्रारम्भिक चरणमा भियतनामको समना गर्दै छ । पुरुष भलीबल टोल भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यसबाहेक आज नेपालले गल्फ, ह्यान्डबल, बक्शिङ र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दै छ ।