के छ बिमस्टेकको चौथो सम्मेलनको “काठमाडौं घोषणापत्रमा ?

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको हो । बिमस्टेक राष्ट्रहरुबीच राजमार्ग, रेल मार्ग, हवाई तथा जल मार्ग तथा विद्युत प्रसारण लाइनमार्फत जोड्ने विषयमा सहमति भएको छ। सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ । त्यसैगरी सदस्य राष्ट्रहरुबीच सन् २०३० सम्म यस क्षेत्रबाट गरिवीको अन्त्य गर्ने कुरामा पनि सहमत भएका छन्। जुन राष्ट्र संघको दीर्घकालिन विकास लक्ष्य अनुरुप रहेका छन्। त्यसैगरी बिमस्टेकका सदस्य राष्ट्रहरुबीच आतंकवाद र यससंग सम्बन्धित सबै प्रकारका कार्यहरुसंग लड्नका लागि सामुहिक पहल गर्ने कुरामा सहमति भएको छ। यसमा आतंकवादमा लगानी पनि रहेका छन्।

के छ घोषणापत्रमा ?

  • बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
  • स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
  • बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
  • बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
  • बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
  • अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
  • यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
  • यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
  • बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
  • बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
  • अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
  • आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
  • जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
  • बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
  • साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
  • कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
  • जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।बुद्ध सर्किट बनाउन सहमत
  • सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
  • पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
  • भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*