14.1 C
Kathmandu
Friday, December 8, 2023

दल नबोल्दै पूर्वराजा ज्ञानेन्द्रले भने ध्यान पुगोस् !

काठमाडौं ।  पछिल्ला दिनमा देशमा देखिएका साम्प्रदायीक घटनाहरुप्रति मौन बसेका पूर्व राजा ज्ञानेन्द्र शाहले बझाङमा गएको भुकम्प प्रति त्यसबाट भएको क्षति प्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् ।  देशका पछिल्ला विभिन्न घटनाबारे धारणा दिन थालेका पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पबारे पनि सार्वजनिक धारणा दिएका छन् । उनले भूकम्प बाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

शाहका तर्फबाट संवाद सचिवालयले बुधबार निकालेको विज्ञप्तिमा भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्‍याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको उल्लेख छ ।

‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, विज्ञप्तीमा भनिएको छ, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु