19.1 C
Kathmandu
Sunday, May 5, 2024

चीन भ्रमण उपलब्धिमुलक रह्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छन्तुका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष समेत रहनुभएका वाङ सिन्हुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले आज (शुक्रबार) प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी वक्तव्यको स्मरण गर्नुहुँदै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र तपाईंको नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताउनुभयो ।

औपचारिक चीन भ्रमणमा रहनुभएको प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छन्तुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।नेपाल र चीनबीच नयाँ उच्चस्तरको सम्बन्ध विकास : प्रधानमन्त्री प्रचण्ड

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु