27.1 C
Kathmandu
Thursday, May 9, 2024

सल्यानमा जिप दुर्घटना, १५ जना घाइते

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –५ तिर्थपोलेस्थित भित्रि कच्ची सडकमा जिप दुर्घटनामा परेको हो ।

लेखपोखराबाट शारदा नगरपालिका –१२ कागखोला आउँदैगरेको लु १ ज १८६१ नम्बरको जिप आज दुर्घटनाभएको हो ।

स्थानीय र प्रहरीको सहयोगमा अहिले उद्धारको काम भइरहेको र घाइतेहरुलाई उपचारका लागि श्रीनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु