27.1 C
Kathmandu
Thursday, May 9, 2024

बाँकेमा कर्फ्यु यथावत,सामजिक सद्भावमा खलल पुग्ने सामग्री राखे कारवाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्‍जको नगर क्षेत्रमा लगाएको कर्फ्यु अझ केहि दिन यथावत  रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले  यसअघि लगाइएको कर्फ्यु आदेशलाई यथावत राख्ने निर्णय गरेको हो ।    यसका साथै प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन अनुरोध गरेको हो ।

‘नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार–प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै, प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न, सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत आग्रह गरेको छ ।

बाँकेको नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको थियो । ।

झडपमा परी पाँच जना सुरक्षाकर्मी र १७ सर्वसाधारण गरी २२ जना घाइते भएकोमा एक जनाको भेरी अस्पतालमा उपचार हुँदै छ भने २१ जना घर फर्कीसकेका छन् । कर्फ्युपछि भने नेपालगन्जको अवस्था हाललाई शान्त छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यका अनुसार अहिले नगरका विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु