18.1 C
Kathmandu
Wednesday, May 8, 2024

दशैंको वेला सडकका खाल्डाखुल्टी पुर्न पनि बजेट छैन !

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन्।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका पर्याप्त बजेट नभएको बताएका हुन ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भिर छ। अब बजेटको अभाव छ। यहाँहरुलाई जानकारी छ। अब बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ। प्रक्रियागत झमेलाहरु पनि छन्। तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भिर छ। मन्त्री ज्वालाले भने,

यो चाहीँ समितिमा हाम्रो कमिटमेन्ट हो। त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौं। र, उहाँहरु त्यो काममा लागि सक्नुभएको छ। तर सडक भनेको चाहीँ सबै भौतिक पूर्वाधार मन्त्रालयको मात्रै हो कि भन्ने आम जनताको माझमा परेको छ।

अब माननीय ज्युहरुलाई भन्न चाहन्छु–करिडोर अन्तर्गतका सडकहरु शहरी विकास मन्त्रालय अन्तरगत पर्दछ। कतिपय भित्री सडकहरु महानगरपालिका, पालिकाको मातहतका पर्दछन्। त्यसैले म चाहीँ भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्ने काठमाडौं उपत्यकाका सडकहरुको खाल्डाखुल्डी हामी व्यवस्थित गरिसक्छौं। र, अलिबढी गम्भिर ढंगले ध्यान दिनुपर्ने मुख्य सडक भनेको नारायणगढदेखि मुग्लिनसम्मको सडक खण्ड हो।

पानी परिरहने र पहिरो गईरहने यो सडकमा यो वर्षचाँही यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन। यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आईहाले त्यसको तत्काल व्यवस्थापन हुनेगरी विशेष व्यवस्था गर्छौं।’

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु