वर्णव्यवस्था :
सनातन अध्यात्म चिन्तनमा ईश्वरीय विराटरूपको चर्चा गरिएको छ । त्यही विराटरूपबाट संसारको सृष्टि भएको तथ्यलाई अभिव्यक्त गरिएको पाइन्छ । शुक्ल यदुुर्वेदेको यो मन्त्रले वर्णव्यवस्थालाई स्पष्ट उल्लेख गरेको छ । ब्राहृमणोऽमुुखमासीद्वाहूराजन्य कृत उरूतदस्यद्वैश्य पद्भ्याम् शुुद्रो । विराटरूप भगवान्को मुुखबाट ब्राहृमण, भुुजाबाट क्षत्री, जङ्घाबाट वैश्य र पाउबाट शूूद्र उत्पन्न भएको मानिन्छ । यो वर्ण व्यवस्थालाई आजको समाजले कुनै वर्ग विशेषलाई हेपेको कुरा बाहिर ल्याइएको छ । यो व्यवस्थाले समाजमा नकारात्मक दृष्टि बाहिर ल्यायो भन्ने सन्दर्भलाई उल्लेख गरिएको छ आजको समाजमा ।
त्यसैले त्यो वर्णव्यवस्था तत्कालीन समयको मान्यता थियोे । मानिसको शरीरलाई सबैतिरबाट सुुरक्षित राख्ने उसको पाउ (खुुट्टा) हो । यदि खुुट्टा दरिलो भएन भने शरीरको भारलाई थेग्न सक्दैन । त्यसैले पाउलाई शरीरको सबैभन्दा गतिलो, बलशाली र ऊर्जावान् अङ्गका रूपमा मानिएको छ । यही अङ्गले शरीरको सबै भार थाम्ने हुनाले ऊर्जाशील हुुनुु आवश्यक छ ।
विराटरूप भगवान्को जङ्घाबाट वैश्य उत्पत्ति भए । व्यापारकर्मलाई जीवन्तता दिने र जीवनलाई बन्द व्यापारमा राख्ने यो वर्ग समुुन्नतशाली वर्ग मानिएको थियो त्यो समयमा । यो वर्गलाई बन्द व्यापार गरेर जीवन निर्वाह गर भन्ने वर्ण व्यवस्थाको आधार रहेको छ । यो वर्णले समाजका सबै व्यापारिक क्रियाहरूलाई गतिशील बनाएको छ । यसका साथै विराटरूपको मुुखबाट ब्राहृमणको उत्पत्ति भएको मानिएको छ । क्षत्रीलाई देशको रक्षा र ब्राहृमणलाई गुुरुका रूपमा मानिएको छ । यो वर्ण व्यवस्थाले शुुद्रलाई हीन तरिकाले हेरेको छ भन्ने तथ्य कदापि सनातनी धर्मव्यवस्थामा देखिएको आधार होइन ।
भगवान् कृष्णले गीतामा चतुुर्वण्र्यं मया सृष्टं गुुणकर्माविभागशः गुुण र कर्मका भेदले मैले चार वर्णको सृष्टि गरेको छुु भनेर उल्लेख गरेका छन् । यो कर्म विभाजन सामान्यतया मानवीय धर्म र त्यसले व्यक्त गर्ने कर्मको आधारबाट गरिएको विभाजन हो । प्राच्य परम्पराको वर्णव्यवस्था वैज्ञानिक रहेको प्रमाणित हुुन्छ । वर्णको व्यवस्थात्मक कार्यका लागि विभाजन गरिएका सन्दर्भहरूले समाजको सामाजिक व्यवस्थालाई जीवन्त बनाएर गति दिएको प्रमाणित हुने गरेको छ । सनातन धर्म संस्कृतिका विभिन्न ग्रन्थहरूमा जन्मना जायते शूूद्र कर्मणा विप्र उच्यते जम्मँदा सबै शूूद्रका रूपमा जन्मेका हुुन्छन् कर्मका कारणले मात्र ब्राहृमणको अवस्थामा पुुगेका हुुन्छन् ।
यस सन्दर्भले पनि संस्कार, संस्कृति र परम्पराले वर्ण व्यवस्थाको विरोध गरेको देखिँदैन । त्यसैले सनातन परम्पराको वर्णव्यवस्था पूूर्णतः वैज्ञानिक रहेको तथ्यलाई प्रमाणका आधारमा मानिएको छ । यस वर्णव्यवस्थासित दासप्रथाको कुुनै सरोकार रहेको छैन । वर्ण व्यवस्था समाजलाई व्यवस्थित गर्ने प्रक्रिया हो भने दासप्रथा मानवको खरिद बिक्री गर्ने पद्धति हो ।
दास :
दास समाजमा मानिसलाई खरिद गर्ने र बिक्री गर्ने प्रक्रिया हो । यसमा नोकरका रूपमा मानिस खरिद गरिन्छ र मानिसलाई दासकै महत्व दिइएको हुुन्छ । दासको अवस्था सामन्यतया आर्य परम्पराको विरोधमा मानिएको छ । किनकि मानिसलाई किनेर दासका स्वरूपमा ग्रहण गर्ने र बिक्री गर्ने परम्पराले दासप्रथालाई मलिलो बनाएको पाइन्छ । युुद्धमा बन्दी बनाइएका र काममा लगाइएका व्यक्तिलाई दासका रूपमा मानिएको छ । सनातन धर्म परम्परामा मात्र होइन बौद्ध परम्परामा पनि दासको व्यवस्था गरेको देखिन्छ । बौद्ध परम्परामा दासको अवस्था तीन प्रकारको छ ।
मालिकका घरमा जन्मेको, धनले किनेको र युुद्धमा जितेको व्यक्तिलाई दासका रूपमा मानेको छ बौद्ध परम्पराले । दासको पहिलो चर्चा ऋग्वेदमा पाइन्छ । यहाँ दासहरू युद्धबाट पराजित भएका व्यक्तिहरू मानिएका थिए । दान दिने सन्दर्भमा आएको यो पद्यतिले दासप्रथा आजको नभई वैदिककालदेखि नै रहेको तथ्यलाई यो वाक्यले प्रमाणित गरिदिएको छ । शतं दासाँ अति स्रज एक सय दास दानमा दिएको कुुरा उल्लेख गरिएको छ ।
दासको क्रयविक्रयको सन्दर्भ सनातन ग्रन्थहरूमा देखिएको पाइन्छ । दासप्रथाको विकास उत्तरकालमा व्यापकरूपमा भएको देखिन्छ । मनुले दासका सात प्रकार उल्लेख गरेका छन् । युुद्धबन्दी, भोजन बनाउनका लागि राखिएको, दासको छोरो, किनेको, आमाबाबुुले दिएको, छुुट्टिँदा पाएको, दण्ड भोगका लागि जेलमा परेको व्यक्तिलाई मनुुले दास मानेका छन् । नारदले दासको सन्दर्भलाई लिएर पन्ध्र प्रकार मानेका छन् ।
घरमा उत्पन्न, किनेको, दानबाट प्राप्त, पूूर्वजबाट प्राप्त, अकालमा रक्षा गरिएको व्यक्ति, कुुनै अन्य व्यक्तिले उपहारमा दिएको, ऋण तिर्न नसकेर दास बनेको, युुद्धबन्दी, कुनैबाजीमा जितिएको, म हजुुरको दास हुुँ भनेर आएको, सन्यासबाट च्यूत भएको, आफ्नाले केही दिनका लागि दासका रूपमा राखिएको, खानका लागि दास बनेको, दासीको प्रेमका परेको, आफ्नाले बेचेर प्राप्त भएको व्यक्तिलाई नारदले दासका रूपमा स्वीकार गरेका छन् । यसरी दासको वर्णन र विभाजनमा कतै पनि शूूद्रत्वको कुरा आएको छैन । दासका लागि शूूद्रत्व नै अनिवार्य शर्त मानिएको पनि छैन । अतः सनातन वा हिन्दूू धर्मशास्त्रले हामीलाई हेपेको छ भन्नु अरण्य रोदन सिवाय केही होइन ।
दासी :
दासी भन्नाले दासकी श्रीमती होइनन् । ब्रहृमाण्ड पुुराणमा वर्णन भएअनुुसार दासीका चार प्रकार देखिएका छन् । देवदासी, ब्रहृमदासी, स्वतन्त्रा र शूूद्रदासी । यी दासीहरूलाई देवीको रूपमा मानिएको छ । दासको सन्दर्भमा सेवाको भाव आउँछ भने दासीमा देवीको रूप मानिएको छ । यही दासी परम्परालाई हामीले हाम्रो संस्कारमा पनि पाउने गरेका छौं । दासीका सन्दर्भमा उल्लेख भएका चार प्रकारमा स्वतन्त्राका रूपमा वेश्यालाई मानिएको छ । नेपालीमा कुुमारी र देउकीप्रथा देवदासीका सन्दर्भमा आउने प्रथा हुुन् ।
कुुमारी :
नेपालको काठमाडौंमा नेवारी परम्परामा कुमारी राख्ने व्यवस्था रहेको छ । जयप्रकाश मल्ललाई तलेजुुु भगवतीले सपनामा तिम्र्रो शासन अब धेरै समय टिक्दैन । तिमीले शासनलाई टिकाउन चाहन्छौ भने शाक्य थरकी कुुनै कुुमारीलाई मेरो प्रतिरूप मानेर पूूजा गर भन्ने आशयका आधारमा उनले यो प्रथा आरम्भ गरेको मानिन्छ । कुुमारी प्रथाको प्रचलनपछि जयप्रकाश मल्लको शासन अठार वर्ष रहेको तथ्य इतिहासले देखाएको छ । कुुमारी छनौटमा ३ देखि ९ वर्षसम्मको अवधि मानिएको छ । शरीरमा कुुनै किसिमको खोट नभएकी कन्यालाई नै कुुमारीका रूपमा स्वीकार गरिएको हुुन्छ ।
कुमारीलाई बाहिर निकाल्दा खुुट्टाले भूइँ स्पर्श गराउनुु हुुँदैन भन्ने परम्परा अहिले पनि नेवारी समाजमा विद्यमान छ । कुुमारी बसेका कन्याले विवाह गर्नु हुुँदैन भन्ने परम्परा विद्यमान थियो । आज आएर त्यसमा सुधार आएको छैन । कुुमारी पनि विवाह बन्धनका बाँधिएर सुुखी जीवन बाँचिरहेका छन् । दासीको वर्गीकरणका आधारमा हेर्ने हो भने कुुमारीलाई देवदासीका रूपमा मानिएको छ ।
देउकी :
नेपालको सुुदूूरपश्मिका सेती र महाकाली अञ्चलमा देउकीप्रथा विद्यमान थियो । त्यो प्रथा नागमल्लका पालादेखि चलेको भन्ने परम्परा विद्यमान् रहेको पाइन्छ । देउकीप्रथाको मूल मन्दिर बैतडी जिल्लाको मलौलीदेवीलाई मानिएको पाइन्छ । आफ्नो वा समाजको उन्नति र प्रगतिका लागि कुनै गरिबकी कन्यालाई किनेर वा आफ्नी छोरीलाई नै देउकीका रूपमा राख्ने परम्परा यहाँ रहेको पाइन्छ । नेपालमा यी दुुई प्रकारका दासीलाई देवदासीका रूपमा मान्न सकिन्छ । यी देउकी र कुुमारीका रूपमा राखिएका दासीहरू देवदासी मानिन्छन् ।
दासप्रथाको उन्मूलन :
सनातनी परम्पराका ग्रन्थहरूमा दासप्रथा उल्लेख गरिएको छ । महाभारतमा राज्यको कुुनै सदस्य स्नातक गरेको भएमा उसको सेवाका लागि तीस दास दिने परम्परा विद्यमान रहेको थियो । युुुधिष्ठिरका राज्यमा अठासी हजार स्नातक थिए । जसलाई प्रतिव्यक्ति तीस दास सेवामा संलग्न गराउने परम्परा रहेको थियो । अष्टाशीतिसहस्राणि स्नातका गृहमेधिनः । त्रिंशद्दासीक एकैको यान् विभर्ति युुधिष्ठर । महाभारतमा स्नातक गरेका व्यक्तिका लागि दासलाई सेवकका रूपमा पठाउने व्यवस्था उल्लेख गरिएको छ । नेपालमा पनि दास दासी किनेर काममा लगाउने परम्परा रहेको थियो ।
चन्द्र शमशेरका पालामा विसं १९८१ मा दासप्रथाको अन्त्य गरिएको थियो । उक्त समयमा दासप्रथाको अन्त्य भएको भए पनि नेपालमा कमैया र हलिया प्रथा अन्त्य भएको थिएन । कमैया प्रथाको अन्त्य गर्न नेपालले विसं २०५७ सम्म पर्खनुु पर्यो । त्यसैगरी हलिया प्रथाको अन्त्य गर्न हामीले विसं २०६५ सम्म पर्खनुु प¥यो । नेपालमा कानुुनसम्मत तरिकाबाट कमैया र हलिया प्रथाको अन्त्य मानिएको भए पनि आजसम्म त्यो प्रथाका शिकार नेपालका गरिबहरू बनिरहेका छन् ।
भ्रमको निवारण :
राजनीतिक इतिहास हेर्ने हो भने पनि दक्षिण अफ्रिकाका काला जातिलाई गोराजातिले हमेशा दासका रूपमा राखे । अफ्रिकामा प्रजातन्त्रको बहाली नहुुँदासम्म गोराजातिले कालाजातिमाथि हमेशा दासत्वको व्यवहार गरे । आज आएर दक्षिण अफ्रिका स्वतन्त्र भयो र उक्त प्रथाबाट मुुक्त भएको छ ।
आज नेपालमा हिन्दूू परम्परा र हिन्दूू ग्रन्थहरूले मानवलाई दासका रूपमा मानेको कुुरा बाहिर आएको छ । अझ शूूद्रलाई दासका रूपमा मानिएको छ भन्ने अनर्गल प्रचार गरिएको छ । यी कुुराहरू संस्कारमाथि आक्रमणका आधार हुुन् । त्यस किसिमको अवस्थालाई कहिले पनि हाम्रा धर्मग्रन्थले मानेका छैनन् । वर्ण व्यवस्था पक्कै गरे द्रष्टा ऋषिहरूले । परम्परा र धर्मग्रन्थको आधारमा शूूद्रलाई दासका रूपमा मानिएको छ भन्ने भ्रममा रहनुु आवश्यक छैन । वर्ण व्यवस्थाका आधारमा दासको वर्गीकरण गरिएको छ भन्ने भ्रमलाई स्वीकार गर्न सकिँदैन ।
त्यसैले हिन्दूूधर्मग्रन्थ वेद, ब्राहृमण, स्मृति, पुुराण, उपनिषद् कुनै पनि शास्त्रमाथिको आक्रमण सही होइन । वर्ण व्यवस्था र दासप्रथा भिन्न हुुन् । एउटै कोटामा राखेर हेर्नुु पक्कै शास्त्रप्रतिको अन्याय हुने ठहर छ । यो भ्रम नपालौं । सदैव ऋषिवाणिप्रति उन्नतशील र अध्ययनशील रहौँ । नेपाल बहुुजाति, भाषा, संस्कृति, चाडपर्वमा विभाजित रहे पनि एकतामा आबद्ध भएको मुुलुुक हो । यो मुुलुुकमा विविधता र विचित्रता विद्यमान भए पनि हामीलाई सबै धर्म, संस्कृति, परम्परा र भाषाले जोडेको छ । स्रोत: हिमालय टाइम्स