8.1 C
Kathmandu
Sunday, January 19, 2025

सर्वोच्चका आदेशले अलमलमा लोकसेवा

काठमाडौं । लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन ।

आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको थियो ।

आर्थिक वर्ष २०८०-०८१ का लागि आयोगले प्रकाशन गरेको तालिकाअनुसार असोजको अन्तिम बुधवार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी अर्थात् सहसचिव र उपसचिवको विज्ञापन बुधवार (आज) प्रकाशन हुनु पर्ने थियो ।

आयोगले सूचनामा विशेष कारणबस विज्ञापन प्रकाशन गर्न नसकिएको जनाए स्पष्ट कारण भने दिएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मङ्गलवार नै आयोगमा पठाइ सकेको हुँदा आयोगको तयारीमा केही कमजोरी हुँदा विज्ञापन रोकिएको हुन सक्ने बताइएको छ ।

यसअघि  सर्वोच्च अदालतबाट आएको थारु समुदायलाई पनि आरक्षण कोटा छुट्याएर मात्र अब विज्ञापन गर्नु भन्ने आदेशका कारण कानुन नबन्दा विज्ञापन रोकिएको लोकसेवा आयोगका एक अधिकारीले बताए । संभवत आयोगका सवै निजमती सेवा ऐन नबने सम्म सवै विज्ञापन हरु रोकिने भएका छन् ।

‘आयोगको वार्षिक कार्य तालिका २०८०-०८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु