20.1 C
Kathmandu
Friday, April 19, 2024

८० प्रतिशत महाधिवेशन प्रतिनिधि चयन हुँदा देउवाको पक्षमा ५१ प्रतिशत भन्दाबढी

नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि ८० प्रतिशत महाधिवेशन प्रतिनिधि चयन हुँदा ५१ प्रतिशत भन्दाबढी महाधिवेशन प्रतिनिधि सभापति शेरबहादुर देउवा निकट चयन भएका छन् । प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशको विवरणहरु केलाउदा सभापति देउवा पक्ष बलियो देखिएको हो ।  

बुधबार साँझ सम्मको विवरण अनुसार हालसम्म चयन भएका  ३ हजार ४ सय ५३ जना महाधिवेशन प्रतिनिधि मध्ये सभापति देउवाको पक्षामा १७ सय ७७ जना रहेका छन् । यो संख्या हालसम्म निर्वाचित महाअधिवेशन प्रतिनिधिको ५१ दशमल ५५ प्रतिशत हो ।

देउवा पक्षबाट ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि चयन हुँदा यता राचन्द्र पौडेल, कोइराला र प्रकाशमान सिंह पक्षभने ४० प्रतिशतमा खुम्चिएको छ । उक्त पक्षबाट १४ सय १२ जना महाधिवेशनप्रतिनिधि  चयन भएका छन् ।

त्यसैगरी पार्टी भित्र तेस्रो धार मानिएको कृष्ण प्रसाद सिटौलाको टिममा जम्मा १ सय ४४ जना  महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यो संख्या अहिलेसम्म निर्वाचित महाधिवेशन प्रतिनिधिको ४ प्रतिशत मात्र हो ।

हालसम्म चयन भएका कुल प्रतिनिधि मध्ये मध्ये १ सय १७ महाधिवेशन प्रतिनिधि भने तटस्ट र सभापतिको उम्मेदवार घोषणा गरेका नेता विमलेन्द्र निधि निकट देखिएका छन् । ति मध्ये ५९ जना विमलेन्द्र निधि निकट रहेको पाइएको छ।  

यस नतिजा विश्लेषणमा प्रदेश २ को विवरण समावेश नगरिएको भएपनि उक्त क्षेत्रमा सभापति देउवापक्षबाट बढी प्रतिनिधि चयन हुने प्रारम्भिक नतिजाहरुले देखाएको छ । यसैगरी पार्टीको भ्रातृ संगठन विदेश विभागमा पनि देउवापक्ष बलियो रहेको कारण १४ औ महाअधिवेशनमा देउवाको जित सहज देखिएको विश्लेषण गर्न थालिएको छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु