25.1 C
Kathmandu
Sunday, May 5, 2024

पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरमा हजारौ नागरिकको स्वागत दलहरुले देखे देखेनन् ?

काठमाण्डौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सांस्कृतिक भ्रमणका सिलसिलामा आज भक्तपुर पुगे । राजसिंहसानबाट बाहिरएको १५ बर्षपछि पहिलो पटक ठुलै भिड उनको स्वागतमा देखियो।

भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका थिए । धेरैले जातीय पहिरन लगाएर बसेका थिए । स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो छ । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो ।

पूर्व राजा भक्तपुर पुग्दा स्थानीय जनताले राजसंस्थाको पक्षमा नाराबाजी गरिरहेका थिए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ हिन्दु राष्ट्र बनाउ जस्ता नारा उनिहरुले लगाएका थिए । स्थनीयले त्यो नारा लगाइरह्यदा लगाउँदा पूर्वराजाको अनुहारमा मुस्कान देखिन्थ्यो ।पूर्वराजाले दरबार स्क्वायर अवलोकन र तलेजु भवानी मन्दिरको दर्शन गरे।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु