
काठमाडौं । तपाई गृहमन्त्रालय मातहतका कुनै कार्यालयमा १० बजे नै कामगर्ने गरी पुग्दै हुनुहुन्छ हतार नगनुर्होस । तपाईले अब १५ मिनेट पर्खनु पर्ने छ । यो सयम कर्मचारीको योग र ध्यानको समय हो । गृहमन्त्रालयले एक परिपत्र जारी गरेर मताहतका कार्यलयका कर्मचारीहरुलाई विहान १० बजेदेखि १०:१५ सम्म अनिवार्य ध्यान योग गर्नुपर्ने ब्यवस्था गरेका छ ।
गृहको यो ब्यवस्थासँगै विहान तात तातो भात खाएर अफिस पुगेका कर्मचारी कसरी योग र ध्यान गर्लान भनि यतिवेला सामाजिक संजालमा चर्चा परिचर्चा सुरु भएको छ। कर्मचारीलाई १० देखि १०: १५ सम्म योगको समय निर्धारण गरदिएपछि कर्मचारीलाई योग ध्यान गराएर तलव खुवाउ । काम होइन भन्ने जस्ता प्रतिक्रियाहरु आएका छन् । कतिपयले गजंवको नियम भनि प्रसंशा समेत गरेका छन् ।
गृहमन्त्रीको निर्देशन चाहाँना बमोजिम नै मन्त्रालयले आज एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको हो ।
अब यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास अनिवार्य गर्नुपर्ने सूचनामा लेखिएको छ ।मन्त्रालयले मन्त्रायल, विभाग र उपत्यकाभिका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको छ । मन्त्रलयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोही अनुरुपा योग र ध्यान गर्ने वातावरण बनाउन पनि परिपत्रमा भनिएको छ
।