16.1 C
Kathmandu
Wednesday, May 8, 2024

प्रचण्डलाई भट्टराईको प्रश्न,देशको संकटलाई विर्सिएर तीर्थाटनमा रमाउनेबाट के आश गर्ने ?

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि जनाएका छन् ।

डा भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् –’देश आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक सङ्कट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको वेला दूरदर्शी नेतृत्वले सङ्कटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको  प्रशंसामा रमाएर बस्ने ।’

उनले थप भनेका छन् –’नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठुला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकूल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको छ। अहिले २१ औँ शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना–अवसरको सदुपयोग गर्नुपर्ने हो। त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो । कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात–पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो!तीर्थाटन त हुँदै गर्थ्यो !’

भट्टराई थप लेख्छन् -‘सबैले लेखेर राखौँ,सयौँ वर्षदेखि अविकास–अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीव्र गतिको आर्थिक रूपान्तरण (“दुई अंकको आर्थिक वृद्धिदर,दुई दशक निरन्तर”)को लक्ष्य दुई ठुला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन! इतिहासले मलाई गलत साबित गरेमा खुसी हुनेछु!’

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु