29.1 C
Kathmandu
Saturday, July 27, 2024

चीनको ल्हासामा केरा र मुला अवलोकनमा ब्यस्त भ्रमणदल 

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ढ नेतृत्वको टोली यतिवेला यतिवेला चीनको औपचारीक भ्रमणमा ब्यस्त छ। उनको भ्रमण दल यतिवेला ल्हासामा छ । विश्व प्रसिद्ध मानसरोवर अर्थात कैलाश पर्वतको तिर्थाटन पुरा गरेको  छ ।आज ल्हासबाट छेन्दुमा जानेछ । ल्हासमा रहदा भ्रमण दलले उत्पादित लोकल केरा र मुला जस्तै देखिने कृषि उपजका साथै स्थानीय जुसको अवलकोकन गरेका तस्वीरमा देख्न सिक्नछ ।

ल्हासबाट आज प्रचण्डको भ्रमण दल आज चीनको छेन्दु जाँदैछन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।

उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्ने छन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

यसअघि बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्डले हिजो कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।

उनको भ्रमण दलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका दुई दर्जन बढी  भ्रमण दलमा रहेका छन् ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु