28.1 C
Kathmandu
Saturday, April 27, 2024

कोशीको मुख्यमन्त्री हाम्रै हो – सत्ता गठबन्धन

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार कार्की भएको बताएका छन् ।

राजनीतिमा चिसो र तातो भइरहन्छ, कोशीमा हाम्रो मुख्यमन्त्री कार्की हो : प्रधानमन्त्री 

 

शनिबार बिहान चितवन पुगेका प्रधानमन्त्री दाहालले गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक विवादका कारण कोशी प्रदेशमा समस्या आएपनि त्यसलाई ‘सुरक्षित अवतरण’ गरिएको बताए । कोशी प्रदेशको राजनीतिक विवादको विषयले राजनीतिक दलहरूबीच समस्या आएपनि त्यसलाई समाधान गर्न र गठबन्धन बलियो बनाउन तयार रहेको उनको भनाइ थियो । ‘केदार कार्की हामी सबैको मुख्यमन्त्री हो । त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा-परिचर्चा चलेको थियो त्यस्तो छैन,’ उनले भने, ‘चिसो र तातो त राजनीतिमा भइरहन्छ । गठबन्धन भित्र विवाद हुँदा झन् बलियो बनाउन सहयोग हुन्छ ।’

गठबन्धनलाई बलियो बनाउनका लागि माओवादी र कांग्रेस नेताहरू दृढ रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘तपाईंहरूले थाहा पाइसक्नुभयो होला बिहान मात्रै शेरबहादुर देउवा, म र शेखर कोइरालाको बीचमा सहमति बनाएका छौं कि गठबन्धन बलियो बनाउने कुरामा दृढ र स्पष्ट छौं । कुनै पनि हालतमा गठबन्धन कमजोर बन्न दिने छैनौं भन्ने,’ उनले भने ।

कोइराला पक्षका केदार कार्कीले कांग्रेसको निर्णय अस्वीकार गरी एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि सत्तारुढ गठबन्धनमध्ये कांग्रेस र माओवादीका शीर्ष नेताहरू बसेर शनिबार बिहान सहमति गरेका थिए । बालुवाटारमा बसेको दाहाल, देउवा र कोइरालाको सहमतिपत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धन‌प्रति दृढ र स्पष्ट छौं र यो गठबन्धन‌लाई कुनै पनि हालत‌मा कमजोर हुन दिने छैनौं ।’

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु