30.1 C
Kathmandu
Friday, May 3, 2024

डा. केसीको मागप्रति सम्पादकहरूको ऐक्यवद्धता

विगत २३ दिनदेखि मेडिकल शिक्षा सुधारका विषयमा अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको माग तत्काल पुरा गर्न देशका प्रमुख मिडियाका सम्पादकहरुले माग गरेका छन्।

आइतबार टिचिङ अस्पताल पुगेर डाक्टर केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै सम्पादकहरूले डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि गरिरहेको आवरण अनसन लम्बिएकोप्रति चिन्तित भएको बताएका छन्।

यसअघिका सबै मुख्य दलहरूका सरकारले मागमा सहमति गरे पनि कार्यान्वयन नगरेका कारण सत्याग्रहको शृंखला १५औं पटकसम्म पुगेको ऐक्यवद्धता पत्रमा भनेका छन्।

उनीहरूको संयुक्त पत्रमा भनिएको छ, ‘यसले गर्दा पटकपटकको अनसन र लम्बिएको उपक्रमले डा. केसीको जीवननै संकटमा परेको बताएका छन्।’

‘हामी डाक्टर केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँछौ। साथै उहाँको माग अविलम्ब सम्बोधनका लागि जोडदार माग गर्दछौ,’ प्रमुख मिडियाका १४ जना सम्पादकले संयुक्त ऐक्यवद्धतामार्फत भनेका छन्।

तपसील
१) अमित ढकाल, प्रधान सम्पादक, सेतोपाटी डटकम
२) कृष्ण ज्वाला देवकोटा, सम्पादक, नयाँ पत्रिका दैनिक
३) गोविन्द अधिकारी, कार्यकारी सम्पादक, बाह्रखरी डटकम
४) नारायण वाग्ले, प्रधान सम्पादक, कान्तिपुर दैनिक
५) किरण नेपाल, सम्पादक, हिमाल खबरपत्रिका
६) राजेश केसी, प्रवन्ध सम्पादक बाह्रखरी डटकम
७) प्रतीक प्रधान, प्रधान सम्पादक, बाह्रखरी डटकम
८) सुधीर शर्मा, पूर्व प्रधान सम्पादक, कान्तिपुर दैनिक
९) सुवास घिमिरे, सम्पादक, रिपब्लिका दैनिक
१०) गुणराज लुइँटेल, प्रधान सम्पादक, नागरिक दैनिक
११) अखिलेश उपाध्याय, प्रधान सम्पादक, द काठमाडौं पोष्ट दैनिक
१२) राजाराम गौतम, सम्पादक, अन्नपूर्ण दैनिक
१३) प्रकाश रिमाल, प्रधान सम्पादक, द हिमालयन टाइम्स दैनिक
१४) प्रशान्त अर्याल, प्रधान सम्पादक कान्तिपुर टेलिभिजन

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु