
k|wfgdGqL cf]nL kqsf/ ;Dd]ngdf k|wfgdGqL s]kL zdf{ cf]nL rLgsf] 5 lbg] cf}krfl/s e|d0f k"/f u/L cfOtaf/ :jb]z cfO{k'u]kl5 lqe'jg cGt/f{li6«o ljdfg:ynsf] cltljlzi6 sIfdf cfof]lht kqsf/ ;Dd]ngdf af]Ng'x'Fb} . ;fydf pkk|wfgdGqL tyf /IffdGqL O{Zj/ kf]v/]n, g]skfsf jl/i7 g]tf dfwjs'df/ g]kfn . tl:a/ M k|bLk/fh jGt, /f;;
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले पछिल्लो अनसन थालेको २४ दिन बितिसकेको छ । यसबीचमा सरकारले उहाँलाई जुम्लाबाट काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन ।
शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग केसीले वार्ता गर्न अस्वीकार गर्नुभएको छ । यसकारण वार्ता अझै अनिश्चित छ ।
यसैबीच सरकारले अनसन तोडेर वार्तामा आउन डा. केसीलाई सन्देश पठाएको छ । बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन तोडे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सीधै वार्ता गर्ने सम्भावना छ । यसअघि पटकपटक सहमति भए पनि समस्याको समाधान नभएपछि प्रधानमन्त्री आफैंले डा. केसीसँग वार्ता गर्ने मनस्थिति बनाउनुभएको हो । यसबारेको सन्देश डा. केसीलाई पठाए पनि उहाँले जवाफ नपठाउनुभएको स्रोतको भनाई छ ।
‘डा. केसीभन्दा अरुसँग वार्ता गरेर पनि अर्थ नहुने भयो, उहाँ संस्था नभएर व्यक्ति भएकाले उहाँका प्रतिनिधिभन्दा पनि उहाँसँगै सरकारले वार्ता गर्न खोजेको हो । आवश्यकता परेमा प्रधानमन्त्रीस्तरमै वार्ता हुन्छ’ नाम उल्लेख नगर्ने शर्तमा प्रधानमन्त्रीका एक सहयोगीले उज्यालो अनलाइनसँग भने, ‘तर पहिले उहाँले अनसन तोड्नुपर्छ । अनसनमा भएको बेला उहाँ बोल्न सक्नुहुन्न, कसरी वार्ता गर्ने ?’
सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै डा. केसीले असार १६ गते जुम्लाबाट अनसन सुरु गर्नुभएको हो । अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि सरकारले डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ ।
उहाँको मागप्रति बिभिन्न राजनीतिक दल, नागरिक समाज तथा पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।