21.1 C
Kathmandu
Tuesday, April 23, 2024

घिउ र महको आशमा लाखौको जग्गा लिलामको आदेश नगर्नुहोस श्रीमान

राजनीतिक संस्मरण – पवित्रा पौडेल

पूर्वअध्यक्ष अनेमासंघ, अर्घाखाँची

अर्घाखाँचीमा अखिल नेपाल महिला संघ स्थपनाको क्रममा मेरा भोगाई अनुभवहरू सुनाउदा भोलीको पुस्ताको लागि संगठनलाई अझ बढी मजवुत बनाउदै लैजान सहयोग मिल्ने विश्वासका साथ मेरो राजनितक यात्रका केही संमरण गर्दै छु ।

पश्चिम नेपालको पहाडी जिल्ला अर्घाखाँचीमा अखिल नेपाल महिला संघको स्थपना वि.स २०४३ सालमा भुमिगत रुपमा नै गरिएको हो । देशमा निर्दलिय पञ्चयाती व्यवस्थाका विच जिल्लामा नेकपा कम्युनिष्ट पार्टी एमालेको (तत्कालीन माले )को  भगेनी संगठनको स्थापना गर्ने कार्य त्यती सहज पक्कै पनि थिएन । जिल्ला भरमा जम्मा २० प्रतिशत पनि साक्षरता पुगी नसको समयमा जिल्लामा अखिल नेपाल महिला संघको स्थापना, संगठन विस्तार हाम्रा लागि उत्साह, रहर र चुनौती उतिकै थियो ।

शुरुमा जिल्लामा संगठन विस्तारको लागि म, गंगा भुसाल र मनसुवा भुषालले आफनो कामलाइ भुमिगत रुपमै अगाडी वढायौ । जिम्मेवारी लिने क्रममा अनेमसंघको सचिवको जिम्मेवारी मेरो काधमा थियो । महिलालाइ चुलो चौको र घर धन्दामै सिमित राख्ने पितृ सतात्मक सोचले गाजेको हाम्रो समाजमा  संगठन विस्तारकोको लागि पञ्च भद्र भल्लादी भनौदाहरुको आँखाँ छली गाउँ टोल पुगी संगठनका विषयमा राजनीतिक कुरा गर्दा आमा दिदिहरुको मलाई पहिलो प्रश्न हुन्थ्यो तिमी बुहारी हौ कि छोरी ?  कति पय आमा दिदीहरु पञ्चको विरुद्ध राजनीति गर्नुहुन्न पंचहरुले तिम्रो ज्यान पनि लिन सक्छ भन्दै सल्लाह सुझाब दिनु हुन्थ्यो भने कतिपय आमा, दिदी बहिनीहरुले मैले आफनो संगठनको औचित्यता महिला हक अधिकारका कुराहरु बताउदै गर्दा चाख मानेर सुन्नु हुन्थ्यो ।  मेरो कुरा सुनेपछि आफुहरुपनि संघमा आवद्ध हुने र साथ सहयोग गर्ने भनि सदस्यता रसिद काटने काम पनि हुथ्यो । सदस्यता रसिद लिने दिने विभिन्न कार्यमा हाम्रो भेटघाट चलिरहन्थयो ।

यसरी आमा दिदीहरुको साथ सहयोगलाई बढाउदै जिल्लामा हामीले अनेमासंघका कार्यक्रमलाइ एकिकृत र सहयोगात्मक रुपमा अगाडी बढाएका थियौँ । अर्म -पर्म जस्तो कहिले सबै दिदी बैनिहरु कसैको खेत रोप्ने, कहिले घास दाउरा काटी लाग्ने, त कहिले बारी खन्ने जस्ता सहयोगात्म सामुहिक कार्यलाइ अगाडी बढाउदै गयौ । जसबाट हाम्रो संगठनले छिटै नै जिल्लाभर विस्तारको प्रभाब बढाउन सफल भयो । यस कार्यले मलाई राजनीति भनेको अधिकारको कुरा सुनाउनु मात्र नभइ प्रत्यक्ष जनसहयोग पनि रहेछ भन्ने कुरा सिकाउदै लग्यो । जिल्लामा हाम्रो यस्तो कार्यबाट सवैको माझमा अनेमासंघको पुर्याउन सफल हुदै गयौं । यि सवै काम आफनो घरधन्दा सकाएर भ्याउनुपर्ने हाम्रो वाध्यता थियो ।

घरधन्दा, चुलो चौको, लालावाला र खेतिपातीको सवै काम बीच राजनीतिको लागि समय दिइरहदा राजनीतिक जिवनमा मेरो सक्रियतालाइ भने मेरो परिवारले कहिल्लै नकारात्म रुपमा लिएन । श्रीमान, सासु ससुराबाट साथ सहयोग मिली रह्यो । यसमा आफुलाई भाग्यमाानी नैै ठान्छु । यसरी लुकी लुकी रात विरात नभनी राजनीतिमा लाग्दा मेरो कुरा काटेर घर भडाउलान कि चुक्ली लगाएर मलाइ पञ्चको खोरमा पो पुर्याउने हुन कि भन्ने डर मेरो मनमा कहिलै आएन । अवसरको श्रीर्जन गर्ने हो भने परिवारिक  सहयोग पहिलो कुरा हो, त्यो सधै मेरालागि सधै रहि रह्यो  । मलाई परिवारले सहयोग रहेपनि जिल्लामा सवै दिदी बहिनीलाइ त्यो वातावरण थिएन त्यसैले संगठनका कामहरु हामीले प्राय गरेर रातको समयमा गदै गयौ जसको एउटै कारण दिनभर महिला दिदी बहिनीहरुको घरधन्दाको कामलाइ असर नपुगोस र घरपरिवारबाट उहाँहरुलाइ असजिलो नहोस भन्ने नै थियो ।

तीन नगरपालिका तीन गाउँपालिका गरी ६ बटा स्थानीय तहका सवै वडामा हाल मोटरबाटो यातायतको सुविधा भएपनि त्यस समयमा सदरमुकाम जोडने बाटो बाहेका अरु बाटाहरु गोरेटो र घोडेटो मात्र थिए । संगठन विस्तारको क्रममा रातको समयमा बाटोमा रुखका जराहरु समात्दै अनाकटर जंगलका  विचबाट महिला मुक्तिका सपना बुन्दै सल्लाको खोटो र दियालोको साहारामा बाटो छमछमाउदै रातभर हिडेर एक गविसबाट अर्को गाविस मा पुग्ने गथ्यांै ।  संगठन विस्तारको क्रममा हामी जलुके सिद्धधारा जादा हामीले बाल्दै हिडेको दियालोलाइ राके भुतले देखेको  भनि भनेर गाउमा हुने गरेको हल्लाले मलाइ मन,मन मनै हाँसो उठेर आथ्यो । सिद्धार,ा सिमलपानि, जुकेना, सुर्वणखाल जस्ता ठाउमा रातमा हिडदा जंगली जनावरको डरका कारण कसले अगाडी बाटो देखाउने गरि को अघि हिडने विषयमा म, गंगा र मनसुवा एकछिन अलमल पथ्यौं ।  आज जस्तो घरघरमा टेलिफान हातहातमा मोवाइल उपल्बधता नहुदा घर संचार गर्न कठिन हुथ्यो त्यसैले म हप्ता दिन संगठनको विस्तारको काममा गाउँगाउँ ब्यस्तभई घर नफकर्दा घरमा कतै प्रहरीले प्रकाउ गर्यो कि, भन्ने चिन्ता श्रीमान सासु र ससुरालाइ हुदो रहेछ तर म घर फर्के सँगै उहाँहरुको चिन्ता हराउथ्यो । चिन्ता जती नै लागेपनि मेरो राजनीतिक यात्रमा भने उहाहरुले मलाई रोक्न खोज्नु भएन र त्यो अनुरोध पनि गर्नु भएन । उहाँहरु जे नहोस भन्ने चाहानुहुन्थयो त्यो भएर छाडेयो संठन विस्तारको क्रममा पटक पटक प्रहरी धरपकड र बन्दी जिवनको भोगाइबाट टाढा रहन सकिन ।पटक पटक प्रहरीको प्रकाउ र जेल अनुभव पनि वेहोर्नु पर्यो । म हप्ता दिन सम्म घरबाट बेखवर भइ हराउने कारणहरुमा मुख्यगरी महिला दिदि वहिनीहरुको उतपिडन बोक्सी, दाइजो, अनेक दृव्यवाहार झेलका महिलाहरुको आवाज बन्नु थियो । ती  समस्याको समाधानको साथसहयोमामा आफुलाई खटाउनु थियो । यसै क्रममा म एउटा अनाथ बालकको अंश लिलाम हुनबाट जोगाएको घटना यहाँ बाढन चाहन्छु ।

घटना २०४७ साल तिरको हो । जिल्लको नुवाकोट गाविस बडा न १ गनेरीबोटो गाउँको एक परिवारमा श्रीमति गर्भवती अवस्थमा नै श्रीमानको मृत्यु भयो । बालक पाँच बर्ष नपुग्दै ति महिलाको पनि मृत्यु भएपछि ६,७ बर्षको कलिलो उमेरमा उक्त बालक होटलमा भाडा माझन भारतको दिल्ली पुयाइएको रहेछ । पछि उक्तबालक घर फर्कि आउदा उसको बुवा आमाकोे नाममा रहेको सम्पति लिलामी गर्न ठिक्क पारेका रहेछन् । यो घटना थाहाँ पाएपछि म जिल्ला अदालतमा लिलामी बदरको निवेदनदिन उक्त बालकालाई साथ लिइ पुगे । मैले अनेमासंघको लेटर प्याडमा लेखेर पेश गरेको निवेदन र प्रमाणका आधारमा सम्मानिय न्यायधिशबाट उक्त सम्पतीको हकवाला नावालका छोरा रहेको भन्दै लिलामी बदरको फैसाला भयो ।  मलाइ त्यो निवदेनमा लेखको बाक्य अझै पनि याद छ, “श्रीमान घिउ र महको आशमा लाखौ लाखको जग्गा लिलाम गदै हुनुहुन्छ यदि तपाइबाट यो असाय टुहूराको न्याय हुन सक्दैन भने अनेमासंघ बालकलाई न्याय दिलाउन संक्षम छ ।हामीलाइ आशा छ तपाइले नै न्याय दिनुहुनेछ, । यसरी न्यायधिसँग बाझदै र यथेस्ट प्रमाण पेश गरि उक्त अनाथ बालको गुम्नै लागेको सम्पतीको बचाइदिन पाउदाँ म धेरै नै खुसि भएकी थिए ।  म माथी उक्त सम्पती हडपन चाहनेहरुले आफनो योजना असफल भएपछि मेरो ज्यान नै खतरामा रहेको धम्की दिइराखे तर म कति पनि बीचलित भइन।  यस्ता कार्यहरुले मलाई मात्र होइन अनेमासंघको विस्तारलाइ सहयोग पुर्याएउदै लग्यो । अनेमासंघमा उतपिड्नमा परेका आमा दिदीहरुको आर्कषण बढदै गयो । सयौ यस्ता घटनाकाहरुका विच योे त एउटा प्रतिनिधी घटनामात्र थियो ।  

 समाज सेवाको कार्यबाट अनेमासंघतर्फ आर्कषण र संगठन विस्तार गर्दैं लगेर आज जिल्लाभार अनेमासंघको दरिलो र झांगिलो उपस्थिती देख्दा मलाई अन्तरमन देखी नै आन्दको अनुभुति हुने गर्छ । संगठनको क्षेत्र आकार र ठुलो हुदै जादा संगठन भित्र केही मतमतान्तर र भिन्नताहरु आउनु नौलो कुरा होइन तर संगठनलाई सधै चुस्च दुरुस्त राख्न संगठनमा लागेका सवैको उतिकै  भुमिका हुन्छ र स्थान दिन सकेमात्र कार्यकर्ताको अनेमासंघप्रतिको राजनीतिक आस्थालई टिकाइ राख्न थप शश्क्त र बलियो बनाउदै लैजान सकिन्छ भन्ने मेरो अनुभव रहेको छ ।

ब्याक्तिगत फाइदाको लागि संगठनलाइ भ्¥याङ बनाउने कुसंस्कारलाई ठाउ नदिइ गाउँटोल शहरमा हुने दमन, शोषण र उत्तपिड्नमा परेका महिला दिदी बहिनीहरुको समस्या समाधानकोलागि  साझा घरको रुपमा अनेमासंघको सक्रियातालाई बढाई राख्नु अहिलेको अवश्यक्ता हो । जनतासँग राजनीतिकर्मी सगै हिडन सकेमात्र हामीले पञ्च्यातकालको कालरात्रीमामा गाँउ गाँउ र टोल टोलमा पुयाएको अनेमासंघको झण्डा सधै एकनासले फहराई रहने छ । उचो रहिरहेने छ ।    (प्रकाशनको क्रममा रहेको नेतृ पौडेलको राजनीतिक
राजनीतिक संस्मरण बाट सभार)

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु