राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।
लोक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्ती भएर आएसँगै आयोगले रोकेका सवै परिक्षा संचालन गरिने भएको छ । त्यसका लागि नयाँ तालिका निर्माणको काम भइरहेको आयोगका कर्मचारीले जनाएका छन् ।
लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त हुनु भएको हो।