17.1 C
Kathmandu
Friday, May 10, 2024

एमबिबिएसको प्रवेश परीक्षामा अबदेखि नेगेटिभ मार्किङ्ग

चिकित्सा शिक्षा आयोगले आँउदो आर्थिक वर्षका लागि एमबिबिएसमा भर्ना हुने विद्यार्थी छनौट गर्न प्रवेश परीक्षाको मिति सार्वजनिक गरेको छ ।
यही चैत १८ गते काठमान्डौमा विहान ११ बजेदेखि ब बजेसम्म परीक्षा हुने गरी आयोगले परीक्षा तालिका सार्वजनिक गरेको छ । यसपटकदेखि आयोगले प्रवेश परीक्षामा गलत उत्तर बापत २५ प्रतिशत अंक घटाउने व्यवस्था लागू गरेको छ । सही उत्तर दिँदा १ नम्बर पाइन्छ भने गलत उत्तर दिँदा ० दशमलब २५ अंक घट्छ । एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ लगाएतको परीक्षा १८ गते, बिएएमएस, बिएनएस लगाएतको परीक्षा २० गते र विपिएचको परीक्षा २१ गतेका लागि तय गरिएको छ । प्रवेश पत्र परीक्षा शुरु हुनुभन्दा ५ दिन अगाडिदेखि अनलाइनमा उपलब्ध हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले आफ्नै अनलाइन प्रोफाइलबाट प्रवेश परीक्षा प्रिन्ट गर्न सक्ने व्यवस्था पनि आयोगले गरेको छ । प्रवेश परीक्षा दिन जाँदा परीक्षार्थीले प्रवेश पत्रका साथै आफ्नो नागरिकता वा राहदानी साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ । परीक्षा संचालन हुनुभन्दा २ घन्टा अगाडि नै परीक्षार्थीहरु परीक्षा केन्द्रमा पुगिसक्नुपर्ने नियम रहेको छ । एमबिबिएसको प्रवेश परीक्षा, छात्रबृत्ति, मेडिकल कलेज तथा फि लगाएतका विषयमा थप जानकारी यस युट्युब लिङकबाट हेर्न सकिने छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु