20.1 C
Kathmandu
Tuesday, May 7, 2024

एकीकरणदेखि गणतन्त्र सम्म: तस्बिरमा गद्दी बैठक

वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गर्नुभएको हो । तत्कालीन समयमा उक्त बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो । बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्बिर राखिएको छ । त्यस्तै ढोकाबाट प्रवेश गर्ने बित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार रहेको छ ।गद्दी बैठकको प्रयोग पछिल्लो समय कम भएको भए पनि हाल यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ट पाहुना जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने समयमा हुने गरेको छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु