23.1 C
Kathmandu
Friday, April 19, 2024

स्थानीय तहको अन्तिम मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाखभन्दा बढी मतदाताको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । सार्वजनिक नामावली अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।

यो अघिल्लो स्थानीय तहको भन्दा ३६ लाख बढी हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।

२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ को मंसिर १० गते र २१ गते भएको थियो ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु