32.1 C
Kathmandu
Tuesday, April 30, 2024

किन पुगे प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा ?

प्रधानमन्त्री शेर वहादुर देउवाको भारत भ्रमण गएको पहिलो दिनमै सत्तारुढदल भारतीय जनता पार्टी भाजपाको केन्द्रीय कार्यालयमा पुगेपछि नेपाली राजनीतिमा त्यसले तरङ्ग ल्याइदिएको छ ।   भारतीय जनता पार्टी कार्यालयमा देउवाको उपस्थितिलाई कतिपयले कुटनीतिक मर्यादा विपरित र उत्ताउलो कुटनीतिका रुपमा अर्थाएका छन् भने कतिपयले भने यसलाइ सत्तासीन दुई दलका नेताहरु बीच हुने  भेटघाट स्वभाविक भएको बताएका छन् । दलको कार्यालयमा प्रधानमन्त्रीको उपस्थिलाई लिएर जे जस्ता विरोध र समर्थनका स्वरहरु आएपनि उनको त्यो भेटघाटले प्रतिपक्षीदल एमालेलाई भने निकै झस्काएको  छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचनको मुखमै भारत भ्रमणमा जानुपर्ने के आइलाग्यो ? त्यसको जवाफ आफुले प्रधानमन्त्रीसँग माग्ने भनेर प्रतिक्रिया दिइ सकेका छन् । भारतीय जनता पार्टीका नेताहरुको भेटको विषयलाई एमालेनेताहरुले कुटनैतिक मर्यादा विपरितको भेटघाट भनेर टिपणी गरिसकेका छन् । देउवा नेपालको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएको वा नेपाली कांग्रेसको सभापतिको हैसियतमा भनि प्रश्न राखेका छन् । 

देउवा किन गए भाजपा मुख्यालय ? 

प्रधानमन्त्री भएको करिव ८ महिना पछि भएको भारत भ्रमणको पहिलो दिन नै देउवा त्याहाँको सत्तारुढदलको पार्टी कार्यालय पुगेका छन् । भाजपा अध्यक्ष सहित अन्य नेताहरुसँग भेटघाट पनि गरेका छन् । प्रधानमन्त्रीको रुपमा भ्रमणमा निस्किएका देउवा सत्तारुढ दलको कार्यालय पुगेपनि यसअघि नेपाल वा भारत दुवै तर्फबाट भएका उच्चस्तरी भ्रमणमा कोही पनि नेता यसरी अमुक पार्टीको कार्यालयमा जाने गरेका थिएनन् ।प्रधानमन्त्री भएपछि तीनपटकसम्म नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा नेपालबाट भारतको भ्रमणमा गएका कोही पनि प्रधानमन्त्री राजनीतिक दलको पार्टी कार्यालय पुगेको इतिहास छैन । परारष्ट्र मामिला जनाकारहरु यसअघि यस्तो परम्परा रहेको सम्झना नभएको बताउँछन् । 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भने देउवाको भाजपा कार्यालय पुग्ने कार्यतालिकालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । असल सम्बन्ध भएका दुई देशका सत्तारुढ पार्टीका नेताहरू एकअर्काको कार्यालयमा जाने विषयले कुनै कुटनीतिक मर्यादा विपरित नभएको तर्क महतको छ । सरकारमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा जानुलाई स्वभाविक भएको नेता महतको भनाई छ ।  नेपालका कम्युनिस्ट पार्टीका नेताहरू प्रधानमन्त्री हुँदा  पनि चीन जाँदा त्यहाँको कम्युनिस्ट पार्टीका नेतासँग भेट्ने र कार्यालय जाने गरेको उदाहरण महतले दिएका छन् । दुई देश बीच मात्र नभइ दुई सत्तारुढ दल बीचको आपसी विश्वास दलिय मित्रता अभिवृद्धिका लागि प्रधानमन्त्री देउवाले भाजापा नेताहरुसँग भेट गरेको हुन सक्ने र यसले आशन्न निर्वाचनमा समेत अर्थ राख्ने विश्लेषण गरिएको छ । 

देउवा भाजपा मुख्यालय पुग्दा  तर्सिए ओली !

भारतीय जनता पार्टीको कार्यालयमा प्रधानमन्त्री पुगेको विषयलाई विरोध जनाएको एमालेले सत्तामा रहदा भने भारतीय जनता पार्टीका नेतालाई नित्मा दिएर नेपाल बोलाउने र भेटघाट गरेको विर्सिएको छ ।  स्मरण रहोस सत्तारुढ नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेका बेला अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले चार्टर विमानबाट काठमाडौं आएका थिए । उनले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटेपनि भेटमा के भयो भन्ने विषयहरु खुलाइन । नक्सा प्रकरणले चिसिएको नेपाल भारत सम्बन्धलाई अघि बढाउन भारतका तर्फबाट रअ प्रमुख सामन्त गोयल, विदेश सचिव हर्षवर्द्धन श्रृंगलापछि ओलीले चौथाइवाल भेटेका थिए । यि भेटहरुबाट ओलीले भाजपालाई केही विश्वासमा लिन सफल भएको पाइन्छ । जसको परिणामा महन्थ महतोसँगको एमाले समिकरण र नागरिकता सम्वन्धी अध्यादेश जारीलाई लिन सकिन्छ । देउवाको राजनीति भेटघाटको चिन्ता ओलीलाई कुटनीति मर्यादा भन्दा भाजपा सँग ओलीले स्थापित गरेको विश्वास र सम्वन्ध विग्रने हो कि भन्ने चिन्ता मात्र भएको विश्लेषण गरिएको छ । 

 

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु