19.1 C
Kathmandu
Saturday, April 27, 2024

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने देश १७६ पुगे

नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि बेलीजका स्थायी प्रतिनिधि कार्लोस सी. फुलरले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित सङ्क्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गर्नुभएको नेपालको स्थायी नियोगले जनाएको छ ।

विज्ञ भन्छन्, कुटनीतिक सम्वन्धको संख्यात्मक बृद्धिले मात्र देशको कुटनीतिक प्रभाव बलियो बनाउन सक्दैन ।

त्यस अवसरमा राजदूतद्वयले दुई देशको पारस्परिक हितका लागि विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई बलियो बनाउने तथा साझा हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । संयुक्त अधिराज्यबाट २१ सेप्टेम्बर १९८१ मा स्वतन्त्र भएको बेलीजले त्यसको चार दिनपछि संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको थियो ।

यहा हेर्नुहोस कुटनीति सम्वन्ध स्थापना भएका सूची

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु