डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति, केसीले आजै अनशन तोडदै

२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिनेकाम भइरहेको छ।  सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी भएको अन्नपूर्ण पोष्ट डटकमले खबर लेखेको छ।  मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो । प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*