यस कारण भाँडिएको थियो सरकार र डा केसीपक्ष बीचको बार्ता

अघिल्लो दिन सकारात्मक र सहमती नजिक पुगेको भनिएको सरकार र डा गोविन्द केसी बीच भएको बार्ता बुधाबार एकाएक विफल हुन पुग्यो । बार्ता भाँडिनुमा दुवै पक्षद्धरहरुको अ आफ्नै कुरा बाहिर ल्याएका छन् ।  सरकारले आमरण अनसनरत डा. गोविन्द केसीसँग भएको वार्ता सहमतिनजिक पुगेर पनि केही नेताहरुका कारण भाँडिएको आरोप लगाएको छ ।

डा. केसीको टोलीले सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको र चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि दिएको २२ बुँदामा छलफल गर्न तयार नहुँदा वार्ता असफल भएको बताएको छ ।सरकारले भने राजनीति भएको दाबी गरेको छ । डा. केसीको सातबुँदे मागमा लगभग सहमति भइसकेको अवस्थामा केही नेताहरुले वार्ता भाँडेको सरकारको दाबी छ ।

‘वार्तामा विवेकशील साझाका दुई मान्छे किन आए ?’ प्रधानमन्त्री निकट एक नेताले दाबीका साथ भने, ‘सहमति नजिक पुगिसकेको विषय उनीहरुले नै उल्टाएका हुन् ।’डा. केसीको तर्फबाट वार्तामा अभिषेकराज सिंह, जीवन क्षेत्री, डा. सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल सहभागी थिए । सरकारको संकेत भण्डारी र अयार्लतिर हो ।‘उनीहरुको अनुहार झलझली याद आइरहेको छ तर, नाम लिन चाहन्न’ नेकपाका ती नेताले भने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*