22.1 C
Kathmandu
Thursday, April 25, 2024

तामाकोशीको साधारण शेयर यही साउन १६ देखि बिक्रि खुल्ला

तामाकोशीको साधारण शेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ । आयोजना प्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी रु दुई अर्ब ६४ करोड ७५ लाख बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । स्थानीयवासीलाई शेयर बाँडफाँड गरेपछिमात्रै आमनागरिकलाई शेयर बिक्री गर्ने तयारी गरिएको छ । आयोजनाको व्यवस्थाअनुसार स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ९० लाख कित्ता शेयर बिक्री गरिनेछ । यस्तै सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ कित्ता साधारण शेयर बिक्री गरिनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार हाल आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको ठाडो सुरुङमा पाइप जडान प्रभावकारी रुपमा हुन नसक्दा आयोजना केही ढिलाइ हुन्छ कि भन्ने आशंका बढेको छ ।भौतिक निर्माण र इलेक्ट्रोमेकानिकलतर्फको काममा उल्लेख्य प्रगति भए पनि ठाडो सुरुङमा पाइप जडानको काममा केही ढिलाइ भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । कूल ४७ किलोमिटर लामो प्रसारण लाइनमध्ये हालसम्म २४ किमी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै १०८ वटा टावर ठडिइसकेको छ भने १२३ वटा टावरको फाउण्डेशन तयार भएको छ ।

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु