18.1 C
Kathmandu
Thursday, April 18, 2024

यस कारण बैठक बहिस्कार गरेका थिए नेकपा सचिवालयका चार सदस्यहरुले

 सनिवार दिउसो दुई बजे झलनाथ खनाल जनअपेक्षा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्रमका लागि टोखा समाखुसी पुगेका थिए । तीन बजेका लागि पार्टी सचिवालयको बैठक वोलाइएकाले खनालले आयोजकलाई आफु बालुवाटार सचिवालय बैठकमा जानुपर्ने भन्दै ढिला नगर्न आग्रह गरी कार्यक्रमलाइ संवोधन गरी कार्यक्रम सकाएर त्यहाबाट ठिक तीन बज्न १० मिनेट बाकी रहदै बालुवाटर आइपुगे । उनी आइपुग्नु भन्दा पहिले नै राम बहादुर बादल र इश्वर पोख्रेल बाहेक अध्यक्ष दाहाल र  सचिवालयका अन्य सदस्यहरु बालुवाटार आइपुगी सेकेका थिए । बालुवाटर पुगेका माधब नेपाल झलनाथ खनाल बामदेव गौतम र नारायाण काजी श्रेष्ठ  बैठक कक्षमा रहेपनि पार्टी अध्यक्षद्धय के पी शर्मा ओली र पुष्प कमल दाहाल भने दुइपक्षिय बैठकमा थिए । यता महसचिव विष्णु पौडेल भने बैठकका लागि आवश्यक डकुमेन्ट कम्युटरमा तयार गर्दै थिए । नेताहरु नेपाल खनाल, श्रेष्ठ र गौतमले करिव १५ मिनेट जति बैठक कक्षमा पर्खिराखे यो बीचमा न त अध्यक्षद्धय आए न त पार्टी महासचिव नै बैठक कक्षमा आए । यसरी १०, १५ मिनेट कुर्दा पनि अध्यक्ष महासचिवबाट कुनै खवर नभए पछि पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले महासचिव पौडेलाइ एसएम गरे त्यस पछि पनि बैठकमा कोही आएन कुरेको २० मिनेट सम्म पनि बैठक सुरु नभए पछि चार जना नेताहरु बैठक कक्ष छाडेर बाहिरिए ।

सधै मिडियाको अगाडी बैठकका निर्णयहरु सार्वजनिक गर्न हतार गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ आज भने संचार कर्मीलाइ कुनै प्रतिकृया दिन मानेनन् । उनले यति मात्र भने बैठक छ । भनेर आएको बैठक बसेन हामी निसकियौ । महासचिव अध्यक्षहरुलाई सोधनु होला उनले यति भनि रहदा माधव नेपाल र झलनाख खनाल भने गाडीमा चढी सकेका थिए । पत्रकारको घेरमा परे बामदेव गौतम उनी मिडियामा बोल्न तयार भए र भने अध्यक्षद्धयले हाम्रो अपामान गर्नु भयो । के कारण अपमान भयो भन्दा बैठक बोलाएर अध्यद्धय समयमा बैठक सुरु नगरेर हाम्रो अपमान गर्ने काम गर्नु भयो भन्दै बामदेव पनि बालुवाटारबाट निस्किए ।

यसरी चार जाना समिचवालय सदस्यहरु बालुवाटार बाट वाहिरिएको केही समय पछि सचिवालय सदस्य राम वहादुर थापा बादल र इश्वर पोख्रेल बालुवाटार आइपुगे । उनिहरु बालुवाटार आएपनि पत्रकारहरुलाइ लाग्यो अब सचिवालय बैठक स्थगितको निर्णय आउला तर त्यसो भएन । ४ नेताको अनुउपस्थिमा बैठक बसिरहयो । कुनै बेला सचिवालयका एक जना नेता नहुदाँ स्थगित हुन बैठक ४ जना अनुपस्थित हुँदा पनि करिव २ घण्टा बढी चल्यो र यही २९ गते स्थायी कमिटि बैठक आब्हानको निर्णय गर्यो ।

बुझनै सकेनौ के भयो उहाँहरुलाइ – महासचिव पौडेल

म सचिवालयको कामकै शिलशिलामा कम्युटरमा केही डकुमेन्ट बनाउदै थिए । सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल आइ पुग्नु  भएको थियो । अरु नेता पनि आई पुग्नु भयो । महसचिव विष्णु पौडेलका अनुशार अध्यक्ष दाहाल र अध्यक्ष ओली भने क्यान्सरका बिरामी तथा पूर्वसभासद् मणि खम्बु किराँतीसँग कुराकानी गर्न थाल्नु भएछ । दुःखको वेदना दुई अध्यक्षलाई सुनाउन पाउँदा किन नसुनाउने ? मणि खम्बुले कुरा सुन्दै गर्दा सचिवालय बैठक १५ मिनेट कटिसकेको थियो ।  त्यो सकेर अध्यक्षद्धय आउदा त उहाँहरु बैठक छाडेर गैइ सक्नु भएको रहेछ । बुझनै सकेका छैनौ एकाएक के भयो उहाँहरुलाई । पछि उहाँहरुसँग सम्पर्क गर्नु भयो भएन भन्ने विषयमा भने उनले त्यस पछि कुरा नभएको जानकारी गराए ।

को हुन् मणि खम्बु ?मणि खम्बु पहिला माओवादी राज्य समिति सचिवालय सदस्य पूर्व संसद हुन । शुरुमा एमाले अखिलबाट ०४८ देखि राजनीतिमा लाग्नुभएकी खम्बुवान राष्ट्रिय मुक्तिमोर्चामा केही समय काम गरेपछी किरात वर्कर्स पार्टीसँग हुँदै माओवादी संग प्रवेश गरेकी हुन । चार बर्ष अघि मात्र उनका श्रीमान शुभराज सुनुवारको भिरबाट लडेर मृत्यु भएको थियो ।  उनि क्यान्सर पीडीत छन् ।

बैठक बहिस्कार अध्यक्षको ढिलो गर्ने प्रवृतिलाई पाठ हो कि असुन्तुष्टि

नेता नारायणकाजी श्रेष्ठले यस अघि पनि समयमा बैठक शुरु नगर्ने प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृतिबारे प्रश्न उठाउदै आएका थिए । यता माधव नेपाल पनि प्रदेश कमिटि नेतृत्व चयन देखि नै अध्यक्षद्धयसँग असन्तुष्टी राख्दै आएका छन् । उनले सचिवालमा अध्यक्षद्धयहरुले एकलौटी निर्णय गरेको भन्दै स्थायी कमिटि केन्द्रिय कमिटिको बैठक बोलाउनु पर्ने त्यसबाट निर्णय अनुमोदन गराउनु पर्ने माग गर्दै आएका छन् । तर त्यसो नगरी अध्यक्षद्धय दाहाल र ओलीले भने आजसम्म भटाभट सचिवालयबाट निर्णय गराउदै आएका थिए । यसबाट माधव नेपाल अशन्तुष्ट हुदै आएका थिए भने अर्कातर्फ रामवीर राजिनामा दिन तयार भएर पनि सचिवालयका केही सदस्य विशेष गरी इश्वर पोख्रेल र पार्टी अध्यक्षका कारण वातावरण विग्रिए पछि के पी ओलीसँग मात्र होइन अध्यक्ष भएर पनि बातवारण निर्माण गर्न नसकेको भन्दै प्रचण्डसँग समेत बामदेव गौतमको दुरी बढेको छ । यसले पनि बामदेव गौतमलाई र माधव नेपाल र झलनाथ खनालसँग एकै ठाउ उभिने बातावरण सृजना गराइदिएको हुन सक्छ । यता बादलाइ काखी च्याप्ने ओली र दाहालको प्रवृतिले भने नारायणकाजी श्रेष्ठलाइ यही कित्तामा उभिन बाध्य बनाएको अनुमान गरिएको छ । आजको वहिस्कार घण्टौ कुर्ने बानी परेका नेतालाइ १५ मिनेटको कुराइले पारेको अपमान भन्दा पनि सचिवालयमा अध्यक्षद्धयका विगतका निर्णय र कार्य शैलीको अशन्तुष्टी हो कि । यदी त्यसो नभएर समयमै बैठक शुरु नगर्ने समयमा भनेको ठाउमा नपुग्ने अध्यक्षलाई तोकिएको समयमै बैठक शुरु गर्नका लागि समयको महत्व वुझाउने उदेश्य नै हो भने त्यसको प्रभाव भोलिका दिनमा देखिने नै छ  ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु