12.1 C
Kathmandu
Friday, December 8, 2023

आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा प्रति कर्मचारीकै विरोध !

काठमाडौं ।  निजामती कर्मचारीको आधिकारी ट्रेड युनियनको निर्वाचन घोषणा प्रति कर्मचारी तहबाट विरोध भएको छ ।प्रस्तावित संघीय निजामती सेवा ऐन विरुद्ध आन्दोलन गरिरहेको राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान केन्द्रिय समन्वय समितिको बैठकले देशमा कोभिडको महामारी चलेको र विधेयकलाई लिएर सम्पूर्ण कर्मचारीहरु आन्दोलित भएको अवस्थामा निर्वाचनको सार्थकता पुष्ठी नहुने धारणा वाहिर ल्याएको छ ।

 राजधानिमा सम्पन्न समितिको बैठक पछि जारी विज्ञाप्तिमा भनिएको छ “देशमा संघीय शासन प्रणाली कार्यान्वयन भइसकेको सन्दर्भमा संघीय निजामती सेवा ऐन जारी भई नसकेको अवस्थामा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको सार्थकता नभएकोले आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनु अगावै यस राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले उठाएका मागहरु समावेश गरी संघीय निजामती सेवा ऐन जारी गर्ने व्यवस्था गर्न सरकार र सरोकारवाला पक्षसँग जोडदार माग गर्दछ”।

 यसैगरी यस अभियानलाई अझै सशक्त रुपमा अगाडि बढाउन सबै मन्त्रालय, विभाग र जिल्लामा समन्वय समिति गठनको प्रक्रियालाई तिब्रता दिने समेत निर्णय समेत गरिएको छ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु