स्थानीय तह निर्वाचनको परिणाम अनुसार यस अघि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस पहिलो स्थानमा फर्किएको छ भने नेकपा एमाले दोस्रो स्थानमा झरेको छ । माओवादी केन्द्र आफुलाई केही सुधार गर्दै तेस्रो स्थानमा रहि रहन सफल भएको छ। मधेशकेन्द्रित दलहरु केही खुम्चिएका छन् । निर्वाचनमा १ लाख ४५ हजार बढी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहनु भएको थियो । जस मध्ये महिला उम्मेदवार ५५ हजार ६९९ महिला उम्मेदवाररहेकोमा १४ हजार ४०२ महिला निर्वाचित हुनुभएको छ ।
nirbachan