22.1 C
Kathmandu
Thursday, May 9, 2024

चाँडपर्वको वेला बजारमा म्याद गुज्रिएको वियरको विगविगी

काठमाण्डौ । चाँड पर्वको वेला राजधानी काठमाडौंमा म्याद गुज्रिएको वियर विगविगी देखिएको छ ।   वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले हिजो मात्र झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ ।

बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको विभागले जनाएको  छ । काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो ।

विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले हिजो काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ । पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको विभागले जनाएको  छ ।

विभागले यो महिनाको शुरुवातदेखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ ।

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु