
नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याईएको थियो । तर, विभिन्न कारणले परिचयपत्र वितरणमा ढिलाई भईरहेको थियो । तर, अहिले सरकारले विकास र समृद्धिको विषयलाई राष्ट्रिय परिचयपत्र जोडेपछि यो प्रक्रियाले तिव्रता पाएको छ ।
सरकारले पहिलो चरणमा पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्नेछ । दोस्रो चरणमा १५ जिल्ला र तेस्रो चरणमा २५ जिल्लामा परिचयपत्र वितरण हुनेछ ।
राष्ट्रिय परिचय पत्रलाई अन्तराट्रिय मापदण्डको डिजिटल कार्ड भन्दा हुन्छ । राष्ट्रिय परिचय पत्रमा बाहकको दश औठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ ।
एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । कुुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचय पत्रलाईका अनलाइन सिष्टममा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको राष्ट्रि परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
एक जना व्यक्तिलाई उपलब्ध गराएको राष्ट्रिय परिचय पत्र नम्बर कहिल्यै दोहोरिँदैन । परिचय पत्रको विवरण अनलाइनमा व्यवस्थित गरिए पश्चात बाल बालिकाको जन्म दर्तामा दिइएको नम्वर नै उस्को स्थायी परिचय पत्र नम्वर हुन्छ । र उसले प्राप्त गर्ने सबैखाले सुबिधा सोहि नम्बरमा समाबेश हुन्छन । राष्ट्रिय परिचय पत्रको विवरण जो कोहिले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिएको छ ।
विकास र समृद्धिको मुद्धालाई मूर्त रुप दिन सरकारले आफ्ना सबै अंगलाई चुस्त वनाउदै प्रविधी मैत्रि वातावरण तयार गर्दै छ ।
कहिले बाट शुरू भयो
मसिर तीन गते पाँचथरको फिदिम नगरपालिका ४ शान्तिपुरकी १ सय १ वर्षीय भगवतीदेवी भण्डारीलाई गृह मन्त्रि रामबहादुर थापाले पहिलो पटक परिचयपत्र प्रदान गर्दै यस कार्यको शुभारम्भ गर्नु भयो ।सरकारले यही चैत्र मसान्त भित्रमा देशभर अनलाईन मार्फत राष्ट्रिय परिचयपत्रको वितरण शुरु गर्ने बताएको छ ।
परिचय पत्र त पाइयों रे, त्यासपछि के, ख़ल्ती मा हल्दा सबै हूँछ ? त्यस्लै क़सले check गरने, कहा प्रयोग गरने, त्यो read गरने Mechineबहिर कहा र क़ुन कार्यालय संग छ ?
It is card of the integrated information which replace citizenship. it is just initial phase and government is planing to install machine in all local government offices