19.1 C
Kathmandu
Thursday, March 28, 2024

काखमै ल्यापटप राखेर इन्टरनेट चलाउनुहुन्छ भने आजैदेखि त्यो बानी छोड्नुहोस्

पुरुष मित्रहरु, तपाइाले आफ्नो ल्यापटपमा वाइफाइ मार्फत इन्टरनेट प्रयोग गर्दै आउनुभएको छ भने सावधान । अझ काखमै ल्यापटप राखेर इन्टरनेट चलाउनुहुन्छ भने त आजैदेखि त्यो बानी छोड्नुहोस् । नत्र यसले तपाइालाई बाँझो बनाउन सक्छ ।
अर्जेन्टिनाका वैज्ञानिकहरुले हालै गरेको अनुसन्धानले वाइफाइ विकिरणले शुक्रकिटलाई नाश गर्छ र पुरुषको प्रजनन शक्तिमा क्षति पुराउँछ । अझ काखमा ल्यापटप राखेर चलाउादा वाइफाइ विकिरणाको असर झनै धेरै हुने वैज्ञानिकहरुले बताएका छन् ।

आफ्नो शोधका क्रममा वैज्ञानिकहरुले २९ जना स्वस्थ पुरुषको शुक्राणु परिक्षण गरेका थिए । जसमा चार घण्टा लगातार वाइफाइ कनेक्सनबाट इन्टरनेट चलाएपछि लिइएको पुरुषको विर्यको नमुनामा शुक्राणु विकिरणबाट प्रभावित भएको पाइयो ।

केही समयपछि विर्यको नमुनामा रहेका एक चौथाइ शुक्रकिट नष्ट भएको पाइयो । त्यस्तै विकिरणका कारण ९ प्रतिशत शुक्रकिटको डिएनए प्रभावित भएको पाइयो । जबकी कप्युटर अली टाढा राखेर वाइफाइ इन्टरनेट चलाउने पुरुषहरुको विर्यको नमुनामा जम्मा १४ प्रतिशत शुक्राणु मात्र नष्ट भएका पाइए ।

वैज्ञानिक टोलीका प्रमुख कोनराडो एभेडानोले वायरलेस कम्युनिकेसनको विद्युतचुम्बकीय विकिरणका कारण यस्तो असर देखिएको बताए । उनले सबै मोडेलका ल्यापटपबाट यस्तो असर पर्छ वा काखबाहेक सरीरका अरु भागमा राख्दा कम असर पर्छ भन्ने विषयमा अझै अनुसन्धानको आवश्यक रहेको बताए । वायरलेस कनेक्शन नभै तारमार्फत ल्यापटपमा इन्टरनेट चलाउादा यस्ता विकिरण नदेखिने र प्रजनन शक्तिमा यस्तो प्रकारको असर नपर्ने उनको भनाइ छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु