28.1 C
Kathmandu
Friday, April 19, 2024

सूचना प्रविधिमा एसियाकै ‘उत्कृष्ट कम्पनी अर्वाड’ नेपाली आईटी कम्पनीलाई

नेपाली आइटि कम्पनी Young Minds Creation Pvt.Ltd  ले सूचना प्रविधिको क्षेत्रमा Asian-Oceanian Computing Industry Organization (ASOCIO) ले प्रदान गर्ने एसियाकै उतकृष्ट आईटी कम्पनी अवार्ड हात पारेको छ । एसियन कम्पनीहरुको आइटि संगठन (ASOCIO) ले गत हप्ता जापानको टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपाली आइटी कम्पनी Young Minds का प्रवन्ध निर्देशक डा. श्रीधर मरासिनीलाई उक्त अवार्ड हस्तान्तरण गरियो । नेपालमा सूचना प्रविधिको क्षेत्रमा महत्वूर्ण योगदान पुर्याएको भन्दै संस्थाले मनोनयनमा परेका २४ राष्ट्रका कम्पनीबाट नेपाली आइटी कम्पनी Young Minds लाई उतकृष्ट कम्पनी ठहर गर्दै उक्त अवार्डबाट सम्मान गरेको हो ।

नेपाली आइटि कम्पनीलाई प्रदान गरेको यस अवार्डले नेपालमा पनि उतकृष्ट आइटी कम्पनीहरु छन भन्ने सन्देश विश्व वजारमा पुर्याएको छ । कम्पनीका प्रवन्ध निर्देशक डा. श्रीधर मरासिनी भन्छन्, सरकारले ई गभर्नेन्स र स्मार्ट सिटीको अवधारण अगाडी सारेको छ, त्यसको ब्यवस्थान प्रयोगको बातावरण निर्माणमा नेपाली आइटी कम्पनीहरु उतिकै सक्षम छन भन्ने उदाहरण पेश गरेका छौ ।  नेपालममा सूचना प्रविधिका रुपान्तरणका लागि आवश्यक जनशक्ती र प्रविधि नेपाली बजारमै उपलब्ध छ ।  सरकारले जिम्मेवारी दिएमा सुचना प्रविधिमा क्षेत्रमा आवश्यक पर्ने सवै सेवा प्रदान गर्न हामी उतिकै सक्षम छौ, मरासिनीले भने ।

यस्तै सोही संस्थाबाट प्रदान गरिने Digital Government अवार्ड नेपाल प्रहरीले प्रप्त गरेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो । कम्प्युटर एसोसियसन नेपाल महासंघका कार्यकारी सदस्य एवम् Young Minds का कार्यकारी निर्देशक डा.अभिजित गुप्ताले ग्रहण गरेको उक्त अवार्ड केही दिन अघि प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह बीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरियो ।

संस्थाले ASOCIO Outstanding Company, Outstanding User Organization, Digital Government र ICT Education गरी ४ विधामा अवार्ड प्रदान गरेको थियो । यी अवार्डहरु Asia-Oceania मा सूचना प्रविधिको क्षेत्रकै अत्यन्त प्रतिष्ठित अवार्ड रुपमा मानिन्छन् ।

सदस्य राष्ट्रहरुबीच आइसिटी इन्डस्ट्रिलाई प्रवर्द्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा ASOCIO स्थापना भएको हो । यस संस्थामा Asian र Oceanian का २४ राष्ट्रहरूको ICT Association हरुबाट प्रतिनिधित्व रहेको छ भने १० हजार भन्दा बढी ICT कम्पनीहरु यस संस्थासँग आवद्ध रहेका छन् । Asian र Oceanian अन्तर्गतका २४ राष्ट्रहरूमा अष्ट्रेलिया, वंगलादेश, भुटान, ब्रुनाई, कम्वोडिया, हङकङ, भारत, इन्डोनेसिया, जापान, लाओस, मकाउ, मलेशिया, मंगोलिया, म्यानमार, नेपाल, न्यूजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, ताइवान, थाइल्याण्ड र भियतनाम छन् ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु