29.1 C
Kathmandu
Tuesday, April 23, 2024

बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ भने व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा बनेका छन्। सूर्य नेपाल यसअघि २ पटक र जबरा ५ पटक सोही विधामा उत्कृष्ट बनिसकेका छन्।

सातौँ राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आन्तरिक राजश्व विभागले उनीहरुसहित विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन्।

कार्यक्रममा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन्। यस्तै बैंक वित्तीय संस्थातर्फ नबिल बैंक, बीमामा नेपाल पुनर्विमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेशनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन्।

व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि सम्मानित भएको छ। ४० करोड कारोबार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि र वार्षिक रु ४० देखि ८० करोड कारोवार गर्ने मध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेडलाई सम्मानित गरिएको हो।  विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाएको घोराही सिमेन्ट प्रालिलाई समेत सम्मान गरिएको छ। कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पुरस्कृत गरिएको थियो।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु