24.1 C
Kathmandu
Saturday, July 27, 2024

नेपालमा भएका हवाइ दुर्घटनाकाे इतिहास

 नेपालमा हवाई सेवा सुरु भएको ७९ वर्ष हुँदैछ। तर तथ्यांक हेर्दा बर्सेनि ज्यानै जाने गरी सरदर दुइटा हवाई दुर्घटना हुने गरेको देखिन्छ। नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांकअनुसार सन् १९६१ मा पहिलोपटक जहाज दुर्घटना भएको थियो। त्यसयता अर्थात् ५८ वर्षमा नेपाली आकाशमा १ सय २४ दुर्घटना भएका छन्।

दुर्घटनामा १ सय ६७ जनासम्मको मृत्यु भएको छ। हालसम्म १ सय २४ दुर्घटना भएका छन्। तीमध्ये २८ जहाज, १६ हेलिकप्टर र तीन अन्र्तराष्ट्रिय हवाई दुर्घटना भएका हुन्। नेपालमा सन् १९५० को दशकबाट हवाई सेवा सुरु भएको हो। हिमालय एयरको ड्याकोटा जहाजले नेपालमा उडान थालेको थियो। सन् १९५८ मा नेपाल वायुसेवा निगमको स्थापना भयो।

जहाज दुर्घटना
नेपाली आकाशमा विमान दुर्घटना पहिलोपटक सन् १९६१ मे ११ मा भएको थियो। नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ४ जनाको ज्यान गएको थियो।

यस्तै निगमकै जहाज १९७५ मार्च ३१ मा काठमाडौंको बौद्धमा दुर्घटना हुँदा पाँच जना, १९८१ अक्टोबर ३० मा विराटनगरमा दुर्घटना हुँदा १० जना तथा १९८४ नोभेम्बर २२ मा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो।
यसैगरी १९९३ जुलाई ३१ मा एभरेस्ट एयरको जहाज दुघर्टना हुँदा १८ जनाको मृत्यु भएको थियो भने १९९५ जनवरी १७ मा निगमकै जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो।

सन् १९९८ अगस्ट २१ मा एएसडी क्यानको जहाज दुर्घटनामा १८ जनाको ज्यान गयो भने १९९८ डिसेम्बर २० मा निगमकै जहाज सोलुखुम्बुमा दुघर्टना हुँदा एक जनाको मृत्यु भयो। सन् १९९९ जनवरी १७ मा नेकोन एयरको जहाज जुम्लामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने १९९९ अक्टोबर ५ मा निकोन एयरको जहाज दुर्घटना भयो। थानकोटमा भएको दुघर्टनामा १५ जनाको ज्यान गयो।

सन् १९९९ नोभेम्बर २५ मा स्काइलाइन एयरवेजको जहाज मकवानपुरमा दुर्घटना हुँदा १० जनाको ज्यान गयो भने २००० फेबु्रअरी २६ मा निगमको जहाज बझाङमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो। यस्तै २००० जुलाई २७ मा निगमको ट्विनअटर विमान बझाङबाट डडेलधुरा जाने क्रममा दुर्घटना हुँदा २५ जनाको ज्यान गयो भने २००२ जुलाई १७ मा स्काइलाइन एअरलाइन्सको जहाज सुर्खेतमा दुर्घटना हुँदा चार जनाको ज्यान गयो।

सन् २००२ अगस्ट २२ मा सांग्रिला एयरको ट्विनअटर विमान पोखरामा दुर्घटना हुँदा १८ जना, २००४ अप्रिल २१ मा बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा दुघर्टना हुँदा एक जना तथा २००४ मे २५ मा यति एयरलाइन्सको ट्विनअटर विमान लुक्ला विमानस्थलनजिक लाम्जुरा पहाडमा ठोक्किएर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो।सन् २००६ जुन २१ मा यति एयरलाइन्सको ट्विनअटर जहाज जुम्ला विमानस्थलमा दुघर्टना हुँदा नौ जना, २००८ अक्टोबर ८ मा अवतरणका क्रममा जुम्ला विमानस्थलमा यति एयरलाइन्सको जहाज दुघर्टना हुँदा १८ जना, २०१० अगस्ट २४ मा अग्नी एयरको जहाज मकवानपुरमा दुर्घटना हुँदा १४ जना तथा २०१० डिसेम्बर १५ मा तारा एयरको ट्विनअटर जहाज ओखलढुंगाको मानेडाडाँमा दुघर्टना हुँदा २२ जनाको मृत्यु भएको थियो।

यस्तै २०११ सेप्टेम्बर २५ मा ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको विमान दुर्घटना हँुदा १९ जना ज्यान, २०१२ मे १४ मा अग्नी एयरको डोर्नियर जहाज जोमसोम विमानस्थलनजिकै दुर्घटना हुँदा १५ जना, २०१२ सेप्टेम्बर २८ मा सीता एयरको डोर्नियर जहाज भक्तपुरको मनोहरा किनारमा खस्दा १९ जना, २०१४ फ्रेबुअरी १६ मा निगमको ट्विनअटर जहाज अर्घाखाँचीको खिदिममा दुर्घटना हुँदा १८ जना तथा २०१६ फ्रेबुअरी २४ मा तारा एयरको फ्लाइट–१९३ दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो।

यस्तै २०१६ फ्रेबुअरी २६ मा एअर काष्ठमण्डप जहाज कालिकोटमा दुर्घटना हँुदा दुई जना, २०१७ मे २७ मा गोमा एयरको कार्गो जहाज लुक्लामा दुर्घटना हुँदा दुई जना र २०१८ मे १६ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट उडेको मकालु एअरको विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो।

हेलिकोप्टर दुघर्टना
सन् १९७९ नोभेम्बर २७ मा लाङटाङमा हेलिकप्टर दुघर्टना हुँदा ६ जना, १९९७ अक्टोबर ३० मा कर्णाली एअरको हेलिकप्टर दुघर्टना हुँदा एक जना, १९९८ अक्टोबर २४ मा एसियान एअरलाइन्सको हेलिकप्टर मुलखर्कमा दुर्घटना हुँदा तीन जनाको ज्यान गयो।

सन् २००१ नोभेम्बर १२ मा फिस्टेल एयरको हलिकोप्टर मुगुमा दुर्घटना हुँदा चार जना, २००३ मे २८ मा सिम्रिक एयरको हेलिकप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुई जना, २००५ जनवरी ४ मा एयर डाइनेस्टीको हेलिकप्टर रामेछापमा दुर्घटना हुँदा तीन जना तथा २००६ अगस्ट २९ मा श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा २४ जनाको ज्यान गएको थियो। यस्तै २००९ सेप्टेम्बर १५ मा मनाङ एयरको हेलिकोप्टर हुम्लामा दुघर्टना हुँदा एक जना, २०१० सेप्टेम्बर ७ मा फिस्टेल एअरको हेलिकप्टर आमदब्लाम हिमालमा दुर्घटना हुँदा दुई जना, २०१३ जुन १९ मा फिस्टेलकै हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा एक जना, २०१४ अगस्ट ३ मा फिस्टेलकै हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा एक जना, २०१५ मे १२ मा भूकम्पपीडितको राहत बोकेको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना भयो। उक्त दुघर्टनामा ११ जनाको ज्यान गएको थियो।

सन् २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर दुर्घटना भयो। सिन्धुपाल्चोकमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो। सन् २०१६ अगस्ट ८ मा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना सुत्केरी सहित ७ जनाको ज्यान गयो। सन् २०१८ सेप्टेम्बर ८ मा गोरखाबाट उडेको हेलिकप्टर धादिङमा दुघर्टना भयो। अल्टिच्युट एअरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो।
बुधबार ताप्लेजुङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री सहित ७ जनाको ज्यान गयो।

नेपाली आकाशमा अन्र्तराष्ट्रिय दुघर्टना
सन् १९९२ जुलाईमा ३१ थाइ एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गराउने क्रममा पहाडमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका १४ सदस्यसहति एक सय १३ जनाको ज्यान गएको थियो। सन् १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको फ्लाइट–२६८ त्रिभुवन विमानस्थानमा अवतरणका क्रममा दुर्घटना भयो। उक्त दुघर्टनामा एक सय ६७ जनाको ज्यान गएको थियो। सन् २०१८ मार्च १२ तारिखका दिन यूएस–बंगलाको विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुदाँ ४९ जनाको ज्यान गएको थियो।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु