17.1 C
Kathmandu
Saturday, May 4, 2024

मुलसडक निर्माण मुख्य प्राथामिकतामा – तारकेश्वर नपा

तारकेश्वर नगरापालिकाले नगरपालिका भित्रको विकास निर्माणको कार्यलाई तिव्रता दिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर ५ को सानोपुल- बोराटार धितालथोक सडक खण्डको नवनिर्मित सडकखण्डको उद्घाटन गर्नुहुँदै नगपालिकाका प्रमुख रामेश्वर वोहराले जनचाहना अनुशार नगरपालिका भित्रको विकास निर्माणका कामअघि बढाइएको बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष बासु गौतमले पाँच नम्बर वडा भित्रका सम्मपूर्ण मुल सडक निर्माणको काम यसै आर्थिक बर्ष भित्र ९० प्रतिशत सम्पन्न गर्ने गरी काम अघि बढाइएको बताउनु भयो । नवनिर्मित सडक खण्डको प्रत्येक विधुत पोलमा फोहोर संकलनका लागि बाल्टिन राखिएको छ ।

शहरको सुन्दरता कायम राख्न र सफाइ अभियान अन्तर्गत यो ब्यवस्था गरिएको वडा अध्यक्ष गौतमले जानाकारी दिनुभयो ।वडा कार्यालयले स्थानीय टोलसुधार समितिसँगको सहकार्यमा सरसफाइ र विकानिर्माण कार्यक्रम अघि बढाउने बताएको छ ।  

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु