19.1 C
Kathmandu
Thursday, March 28, 2024

प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रश्न, कतै भ्रम फैलाएर संसदीय सुनुवाइलाई नै प्रभावित पार्न खोजिएको त हैन ?

काठमाडौ,१५ साउन ।  सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले समितिमा प्रस्तुत समेत नभएका उजुरी तथा सुनुवाइमा नउठेका प्रश्नलाई आधार बनाएर भ्रम फैलाइ कतै संसदीय सुनुवाइ नै प्रभावित गर्न खोजिएको हो त हैन भनी प्रश्न गरेका छन् । कामु प्रधान न्यायाधीश जोशीको निजि सचिवालय मार्फत जारी गरिएको विज्ञप्तिमा १२ वर्ष नेपाल ल क्याम्पसमा अध्यापन गर्दा नउठेको तथा सर्वोच्चको न्यायाधीश हुँदा समेत नउठेको प्रश्नमा अहिले भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै अगाडी भनिएको छ,  विषय एक जना प्रस्तावित प्रधान न्यायाधीशको नियुक्तिलाई मात्र प्रभावित पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिका माथिको प्रहार जस्तो देखिएको छ। यस्तै प्रधान न्यायाधीशले कामु प्रधान न्यायाधीशबाट राजीनामा आउँदै’ तथा सत्तारुढ दलबाट राजीनामाका लागि सन्देश जस्ता’ समाचार भ्रामक र कपोकल्पित भएको उल्लेख छ।

जोशीले राजीनामा दिने हल्लाबीच आज उनको सचिवालयले यससम्बन्धी समाचारहरुको खण्डन गरेको हो। केहीदैनिक समचार र नेपाली अनलाइनले नेकापा सांसदालाइ उदृत गर्दै नेकपा नेताहरुले जोशीलाई राजीनामा मार्फत् ‘सेफ ल्याण्डिङ’को सुझाव दिएको त्यसो नगरिए सत्तारुढ नेकपा र संघीय फोरमले जोशीलाई सुनुवाइबाट अनुमोदन नगर्ने समाचार सर्वजनिक गरेका छन् । जोशी हाल सुनुवाइ समितिको निर्णयको प्रतिक्षामा रहेको सचिवालयले जनाएको छ। उनले सबै प्रमाणपत्र सुनुवाइ समितिमा पेश गरेको उल्लेख गर्दै विज्ञप्तिमा शैक्षिक योग्यता विषयमा भ्रममा नपर्न आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘राज्यको साधिकार निकायमा छलफलपछि निर्णय नभएको अवस्थामा संसदीय सुनुवाइ क्रममा समितिमा प्रस्तुत समेत नभएको उजुरी तथा सुनुवाइमा नउठेको प्रश्नलाई आधार बनाएर कपोकल्पित विषय उठान हुनु आफैँमा अस्वभाविक विषय हो।

६ दिनपछि मंगलवार आफ्नालागि पेशी तोके जोशीले

गत बिहीवार संसदीय सुनवाइ विशेष समितिमा सुनुवाइका लागि उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश तथा कामु प्रधान्यायाधीश दीपकराज जोशीले ६ दिनपछि आज सर्वोच्च अदालतमा आफ्ना लागि पनि पेशी तोकेका छन् ।बिहीवार संसदीय सुनुवाइमा उपस्थित हुनुपर्ने भएकाले जोशीले आफ्ना लागि पेशी तोकेका थिएनन् । त्यसपछि उनी शुक्रवार, आइतवार र सोमवार पनि अदालतमा आएनन् । संसदीय सुनुवाइ विशेष समितिले जोशीको सुनुवाइ सकेपनि निर्णय भने सुनाएको छैन । जोशीले गरेका फैसला र एसएलसीको प्रमाणपत्रका विषयमा उठेको विवादका कारण सुनुवाइ समितिले जोशीको अनुमोदन  सोमवारसम्म गर्न सकेको छैन । सुनुवाइ विशेष समितिमा दुईतिहाइ बहुमत रहेको सत्तापक्ष आफ्नो नाम अनुमोदन नगर्ने पक्षमा चर्चा चलेपछि जोशी सर्वोच्चमा उपस्थित भएका थिएनन् । उनले शुक्रवार, आइतवार र सोमवार बालुवाटारबाटै पेशी तोकेका थिए । मंगलवार भने उनले सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतसँग संयुक्त इजलाश तोकेका छन् । जोशी र सिंहको मंगलवारको इजलाशमा २ रिट निवेदनसहित १६ वटा मुद्दा पेशीमा छन् । जोशीका सम्वन्धमा निर्णय लिन भोली तीन बजे संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु