घुस लिदा लिदैं गर्दा रंगेहात कार्वाहीमा पर्ने कर्मचारीहरुको संख्या बढ्दो,  ५३ कर्मचारी सेवाबाट आयोग्य ठहरीने गरि बरखास्त  

पछिल्ला बर्षहरुमा सेवाग्राहीसँग घुस लिदा लिदैं गर्दा रंगेहात कार्वाहीमा पर्ने कर्मचारीहरुको संख्या अघिल्ला बर्षहरुमा भन्दा बढदै गएको छ । गएको दुइ आर्थिक बर्षमा अखित्यार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ्ग अपरेशनमा २३९ कर्मचारी रंगेहात पक्राउ परेका छन् । विगतका बर्षहरुमा भन्दा यो संख्या बढदै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष ७३ ।०७४ मा घुस रकम सहति रंगेहात प्रकाउ परेका ८९ जना कर्मचारी कारवाहीमा परेका थिए भने गएको आर्थिक बर्षमा यो संख्या झण्डै दोवर बृद्धि भएर १४७ पुगेको छ । यसरी घुस रकम सहित रंगेहात पक्राउ पर्नेमा उच्च तहका कर्मचारी भन्दा पनि तल्ला तहको कार्मचारी नयाव सुब्ब र शाखा अधिकृतको संगल्ता बढी देखिएको छ । गएको दुइ बर्षमा मात्र ७६ जना नायव सुब्बा र ४० जना शाखा अधिकृत सेवाग्राहीसँग घुस लिदै गर्दा प्रकाउमा परेका छन् । दुइ आर्थिक बर्षमा ३ जना सह सचिव र १३ जना उपसचिव घुस रकम सहित पक्राउ परेको अख्तियारको तथ्याङ्कले देखाएको छ । घुस रकम सहित पक्राउ परेसँगै अख्तियारले मुद्धा दायर गर्ने र त्यस लगत्तै कर्मचारी निलम्वनमा पर्ने गरेपनि कार्वाहिको अन्तिम किनारा लगाइ कार्वाहीमा भोगेका कर्मचारीको संख्या भने कम छ । निजमति कर्मचारीको अभिलेखालयको रुपमा रहेको  निजामती किताव खानाका अनुसार भ्रष्ट्राचारको कसुर सहित  हाल सम्म जम्मा ५३ जना कर्मचारी मात्र भाविश्यमा सरकारी सेवाका लागि आयोग्य ठहरिने गरि सेवाबाट बर्खास्तिमा परेका छन् । यसैगरी विभिन्न अभियोगमा ढेडसय बढी कर्मचारीको निल्मवनमा परेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*