30.1 C
Kathmandu
Thursday, April 25, 2024

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्बजनिक गरेको छ । परीक्षा बोर्डले पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएको बोर्डले जनाएको छ ।

नतिजा हेर्नुहोस् :http://www.neb.gov.np/results
जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ छ भने ३ दशमलब २१ देखि ३ दशमलब  ६ शून्य सम्म जिजीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । यस्तै २ दशमलब  ८१ देखि ३ दशमलब २ शुन्य  ल्याउने २७ हजार ६ सय ४३ छ ।  ५८ हजार ३ सय ४५ ले २ दशमलब  ४१ देखि २ दशमलब ८ शुन्य, ९० हजार २ सय ९९ सय ले २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य, ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब
८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेको बोर्डले जनाएको छ ।
नतिजा अनुसार ९७ जनाको रद्ध र २ जनाको स्थगित भएको छ ।  कक्षा ११ र १२ को नतिाजा मिलाए पछि मात्रै विद्यार्थीको समग्र ग्रेड तय हुने बोर्डले जनाएको छ ।
यसैगरी आँशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अँककै आधारमा सार्वजनिक गरिएको हो । उक्त नतिजा अनुसार ३५ दशमलब २ प्रतिशन विद्यार्थी उत्र्तीण भएका छन् । आँशिकमा २० जनाको रद्ध र २ जनाको स्थगित भएको बोर्डले जनाएको छ ।
यस अघि नतिजा सार्वजनिक गर्नु अघि बिहीबार बिहान ८ बजे बोर्ड बैठक बसेको थियो ।
यस अघि पहिलो चरणमा बिज्ञानको मात्रै नतिजा सार्वजनिक हुनेमा यसपटक सबै विषयको नतिजा एकैपटक सार्वजनिक गरिएको हो । कक्षा १२ को परीक्षा गत बैशाखमा भएको थियो ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु